News of Nation

सन्दीप लामिछनेले जमैका तलावाजबाट सीपीएल खेल्ने

काठमाडौं, २२ असार–नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछनेले तेस्रोपटक क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने पक्का भएको छ ।

वेस्ट ईन्डिज क्रिकेट बोर्डले वार्षिक रुपमा गर्दै आएको क्यारेबियन प्रिमियर लिगको खेलाडी ड्राफ्टबाट सन्दिप लामिछानेलाई जमैका तालाबाजले अनुबन्धन गरेको छ ।

उनी कति रकममा आबद्ध भए भन्ने आधिकारिक जानकारी नआए पनि एक करोड नेपाली रुपैयाँभन्दा बढी उनको आधारभुत रकम रहेकाले उनी एक करोड माथिमा अनुबन्ध भएको अनुमान गरिएको छ । उनको मुल्य सिजन २०२० को खेलाडी ड्राफ्टमा ९० हजार डलर मुल्य तोकेका थिए । कोरोना भाइरसको महामारीका कारण अक्सन भर्चुअल ड्राफ्टमा गरिएको थियो ।

सीपीएल अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रीनिडाड एन्ड टोबेगोमा बन्द रंगशालामा गर्ने प्रस्ताव गरिएको छ । यद्यपि यसका लागि सरकारको स्वीकृति आउन भने बाँकी रहेको छ ।

सन्दीप पहिलो संस्करणमा ५ हजार तथा दोस्रो संस्करणमा ७० हजार डलरमा अनुबन्ध भएका थिए । अहिले तेस्रो संस्करणमा उनी ९० हजार डलरमा अनुबन्ध भएका छन् । यो सन्दीपको अहिलेसम्मकै सर्वाधिक ठूलो अनुबन्ध पनि हो ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.