News of Nation

सांसद दर्लामीद्धारा शिबसताक्षी-३ पाराबारीमा वडा कार्यालय भवनको शिलन्यास

अनिलदेब राई/धरमपुर, २२ असार–झापाको शिबसताक्षीमा ३, ६ र १ मा वडा कार्यालय निर्माण हुने भएको छ । प्रदेश १ सरकारको समपुरक बजेट अन्तर्गत यस आर्थिक वर्षमा रु १ करोड २० लाख बढी लगात खर्चमा नगरको तीन वटा वडा कार्यालयहरु निर्माण हुने छ । यसैबीच, आज सोमबार शिबसताक्षी–३ पाराबारी बजार दक्षिणमा स्थानीय दाता टंक लम्सालले निःशुल्क उपलब्ध गराउनु भएको पाँच कठ्ठा जमिनमा वडा कार्यालय भवनको शिलन्यास गरिएको छ ।

झापा क्षेत्र नं ४ (क) प्रदेशसभा सदस्य सांसद झलकसिंह दर्लामी मगरले सो वडा कार्यालय भवनको शिलन्यास गर्नुभएको छ । कार्यालय भवनको शिलन्यास गर्नुहुदै सांसद दर्लामीले तीनै तहको सरकारबीच समन्वयमा नागरिकको प्रत्यक्ष जनसरोकारका बिषयहरु लगायत स्वास्थ्य, शिक्षा र कृषि क्षेत्र मार्फत मुलुकको हित, प्रगति, उन्नती र संवृद्धिका निम्ति काम गरिरहने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएको सांसद दर्लामीले प्रदेश सरकारको तर्फबाट शिबसताक्षी नगरपालिकाको वडा नं १ धरमपुर, वडा नं ३ को पाराबारी र वडा नं ६ को शिबगञ्जमा वडा कार्यालय भवन निर्माणमा क्रमागत बार्षिक बजेट विनियोजन गरिएको बताउनुभयो ।

स्थानीयवासी हाल हालः दमक निवासी लम्सालले निःशुल्क उपलब्ध गराउनु भएको पाँच कठ्ठा जमिनमा वडा कार्यालय भवन निर्माण हुने भएको हो । साविकः धरमपुर गाविस वडा नं १, २, ३ र ४ वडाहरु समायोजन पश्चात बनेको शिबसताक्षी नगरपालिकाको वडा नं ३ का वडा कार्यालय हालः पाराबारी बजारको एक घरमा भाडामा सञ्चालन हुदै आइरहेको छ ।

वडा कार्यालय भवन आगामी फागुन मसान्तसम्ममा निर्माण कार्य सम्पन्न हुने छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा नं ३ का अध्यक्ष अग्नीप्रसाद सापकोटाका अनुसार भवन दुई तलाको हुने र ५ वटा कोठाहरु हुने छ ।

त्यस्तैं, निर्मााधिन वडा कार्यालयसँगै स्वास्थ्य चौकीको जग्गा समेत उपलब्ध भएको नेकपा वडा कमिटि सचिव राज सुब्बाले जानकारी दिए । सुब्बा अनुसार स्थानीय लाइन बहादुर राईले यसअघि नै तीन कठ्ठा जमिन निःशुल्क उपलब्ध गराइसक्नुभएको छ ।

स्थानीय एबम् बुद्धिजिवी नबिन लामाले जनताको आधारभूत आवश्यकताहरुसँगै अन्य सेवा सुुविधाहरु क्रमशः गाउँगाउँसम्म आइपुगेकोमा खुशी व्यक्त गरे । उनले सडक, पुल कल्र्भट, स्वास्थ्य, शिक्षा, खानेपानी र शान्ति सुरक्षाका विषयले खासगरी मुख्य प्राथमिता पाएको र यी सवै आवश्यक्ता र अभावहरुलाई स्थानीय, प्रदेश र संघीय सरकार मार्फत सामाधान भइरहेको बताए ।

सो अवसरमा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु, राजनीति पार्टीका प्रतिनिधिहरु, सामाजिक संघ-संस्थाका प्रतिनिधिहरु, कर्मचारी एबम् सर्वसाधरणहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.