News of Nation

भारतीय गुप्तचर निकायका प्रमुख नेपाल केन्द्रित, सेनाले दियो सूचना

प्रधानमन्त्रीको सुरक्षा बढाइयो, चीनसँग रस्साकस्सी

काठमाडौं, २५ असार–भारतले आफ्ना गुप्तचर निकायका प्रमुखसहित पुरै शक्तिलाई नेपालमा परिचालन गरेको खुलेको छ। नेशनल सेक्युरिटी एजेन्सी, रिसर्च एण्ड एनालाइसिस विङ्ग (रअ) र इन्जिटेलेजन्स ब्यूरो (आइबी) का प्रमुखहरु नै नेपाल आएको नेपाली सैनिक स्रोतले जानकारी दिएको छ।

भारतीय मिडिया द पायोनियरले पनि खुफिया संस्थाका प्रमुखहरु नेपालमा रहेको उल्लेख गरेको छ। नेपालको गुप्तचर स्रोतका अनुसार गत शनिबारदेखि नै भारतका खुफिया एजेन्सीका प्रमुख र कर्मचारीहरु सडकमार्ग हुँदै नेपाल भित्रिएका थिए।

प्रधानमन्त्रीको सुरक्षामा थप कडाई

भारतीय खुफिया एजेन्सीको बाक्लो उपस्थितिसँगै सोमबारदेखि नै प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षामा थप कडाई गरिएको छ।

ओलीमाथि ‘थ्रेट बढेको’ भन्दै सुरक्षा निकायले सतर्कता बढाएका हुन्‌। यसबीचमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले प्रधानमन्त्रीको सुरक्षाका लागि आन्तरिक सुरक्षा रणनीति नै बनाएर लागु गरिसकेको छ।

परिस्थितिलाई ध्यानमा राखेरु सुक्ष्म सुरक्षा रणनीति अवलम्बन गरेको जनाएको सुरक्षा निकायले प्रधानमन्त्रीलाई पूर्व निर्धारित कार्यक्रम स्थगित गर्न समेत सुझाव दिएको छ। ओलीलाई सकभर कुनै पनि कार्यक्रममा नजान सुरक्षा निकायले सुझाएका छन्‌।​पार्टीभित्र विवाद बढेपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न तारान्तार शीतल निवास धाउने गरेका प्रधानमन्त्रीका लागि रुट नै एकीन गरेर सुरक्षा योजना तयार पारिएको छ।

भारतीय गुप्तचरले काठमाडौंमा सक्रियता बढाए लगत्तै गत साता सबै सुरक्षा निकायका अधिकारीहरूको समन्वयात्मक बैठक समेत बसेको थियो। उक्त बैठकले प्रधानमन्त्रीलाई आन्तरिक तथा बाह्य सुरक्षा जोखिमबाट जोगाउन सुरक्षा परिचालन थप मजबुत बनाउने निर्णय गरेको थियो।

सो बैठकपछि सडकमा सुरक्षाकर्मीको संख्या बढाइएको छ भने प्रधानमन्त्रीको सवारी र निवास तथा कार्यालयमा खटिने सुरक्षाकर्मीको हतियार समेत जाँच गरिएको छ। थाहा खबरबाट

Facebook Comments

Leave A Reply

Your email address will not be published.