News of Nation

धरमपुरमा ‘राजन कोल्ड स्टोर एण्ड फ्रेस हाउस’ सञ्चालनमा आयो

धरमपुर, २६ असार–झापाको धरमपुरमा राजन कोल्ड स्टोर एण्ड फ्रेस हाउस सञ्चालनमा आएको छ । शिबसताक्षी–१ धरमपुरका नेत्र नेम्बाङ, चन्द्रवीर नेम्बाङ र मोरङ मधुमल्लाका राजन नेम्बाङले संयुक्त रुपमा ल्याएको कोल्ड स्टोर एण्ड फ्रेस हाउसबाट व्यवसायिक सेवा सुरु गरेको छ ।

होम डेलिभरी सुविधासहित सफा, स्वच्छ, ताजा, स्वास्थ्यकर लोकल तथा बोइलर कुखुराका मासु सुपथ मूल्यमा बिक्री गर्ने उदेश्यले राजन कोल्ड स्टोर एण्ड फ्रेस हाउस स्थापना भएको हो । बजारमा मासु बिक्री गर्ने फ्रेस हाउसहरु धेरै भएपनि कोल्ड स्टोर सहितको फ्रेस हाउस स्थापना गरिएको सञ्चालक चन्द्रवीर नेम्बाङले बताए ।

धरमपुरस्थित राजन कोल्ड स्टोर एण्ड फ्रेस हाउस मार्फत दमक, पाडाजुङ्गी, केर्खा, झिलझिले, सुरुङ्गादेखी बिर्तामोडसम्म होम डेलिभरी गर्न सकिने उनको भनाई छ । त्यस्तैं, ग्रामिण क्षेत्रका चौक, बजार लगायत आसपासका फ्रेस हाउसलाई समेत मासु चाहिएमा डेलिभरी गरिने नेम्बाङले बताए ।

कोल्ड स्टोर ए्ण्ड फ्रेस हाउसमा रु ५० लाख बढी लगानी भएको सञ्चालक राजन नेम्बाङले बताए । उनले मासुलाई चिसो बनाउने मेशिन, काँटा, शोकेस, होम डेलिभरीका लागि सवारी साधनसहितको डिप फ्रिज लगातको सामाग्रीहरु खरिद भएको र अझै थप सामाग्रीहरु खरिद गर्नुपर्ने बताए ।

कोल्ड स्टोर एण्ड फ्रेस हाउसबाट आगामी समयबाट माछा, खसी, बोका, सुगुर र रागाँ–भैसीका मासु पनि ग्राहकको माग अनुसार खरिद बिmक्री गर्न सकिने सञ्चालक नेत्र नेम्बाङले जानकारी दिए । धरपमपुरमा स्थापना भएको कोल्ड स्टोर एण्ड फ्रेस हाउसले बिर्तामोडदेखी दमकसम्मको बजार, होटलसँगै बिबाह, पार्टी, भनभोज (पिकनिक), लगायतका कार्यहरुमा आवश्यक अनुसार मासु डेलिभरी गरिने सञ्चालक नेत्र नेम्बाङ बताउँछन् ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.