जीवनसिंह राजवंशी शिबसताक्षी, २७ असार–सहारा नेपाल साकोस कुमुदिनी सेवाकेन्द्र शिवगंजले केही महिना अघि निधन भएका आफ्ना शेयर सदस्यको परिवारलाई शनिबार एक कार्यक्रमकाबीच आर्थिक सहयोग प्रदान गरेको छ ।
संस्थाले आफ्ना सदस्य तथा सदस्यको परिवारमा कोहि सदस्यको मृत्यु हुदा सदस्यलाई केही राहत पुगोस् भन्ने उद्धेश्यले सदस्यको शेयर पुंजी आर्थिक कारोबार र कारोबार समयलाई आधार मानी आर्थिक सहयोग गर्दै आएको छ ।
यसैे क्रममा आज कुमुदिनी सेवाकेन्द्र शिवगंजको कार्यलयमा शिवसताझी वडा नम्बर ६ शेयर सदस्य नम्बर २०१०४ का सदस्य जीवन प्रसाद न्यौपानेको परिवारलाई सरहे, दसकर्म र परिवार राहत कार्यक्रम गरि जम्मा रू २ लाख २० हजार, शिवसताझी वडा नम्बर ५ शेयर सदस्य नम्बर २०५२२ का सदस्य गंगा प्रसाद ताजपुरियाको परिवारलाई सरहे, दसकर्म र परिवार राहत कार्यक्रम गरि जम्मा रू १ लाख ९० हजार, शिवसताक्षी वडा नम्बर ४ शेयर सदस्य नम्बर १५९२४ का सदस्य बेङ्गप्रसाद ताजपुरियाको परिवारलाई सरहे, दसकर्म र परिवार राहत कार्यक्रम गरि जम्मा रू १ लाख ६० हजार प्रदान गरिएको छ ।
राहत पाउने शेयर सदस्यका परिवारले सहारा नेपाल साकोस बास्तवमै सदस्यको सुखदुःखको साथी रहेको बताए । सहारा नेपाल साकोस क्षेत्रिय समिति संयोजक लोकवहादुर रोकाको अध्यक्षतामा गरिएको रकम हस्तान्तरण कार्यक्रममा कार्यक्रमको प्रमुख अतिथि बिमल बस्नेत कर्मचारी तथा अन्य केही शेयर सदस्यहरुको उपस्थिति रहेको अनिल भट्टराईले जानकारी दिए ।