News of Nation

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ८०१ पुग्यो

काठमाडौं, २८ असार–नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

आज (आइतबार) थपिएका ८२ सहित नेपालमा संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १४७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको संख्या ८, ५८९ पुगेको छ । कुल संक्रमितमध्ये ३८ जनाको मृत्यु भएको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.