एजेन्सी, २९ असार–इंग्लिस प्रीमियर लिग फुटबलमा टोटेनहामले आर्सनलमाथि पुनरागमन जित निकालेको छ । आइतबार राति भएको खेलमा टोटेनहामले आर्सनलमाथि २-१ गोलको पुनरागमन जित निकालेको हो ।
घरेलु मैदानमा टोटेनहामको जितका लागि सन र टोबि एल्डरवेरेल्डले एक एक गोल गरे । आर्सनलका लागि एलेकजान्द्रे लाकाजेटेले एक गोल गरे ।
खेलमा अग्रता भने आर्सनलले लिएको थियो । अग्रता जोगाउन नसक्दा आर्सनल घरेलु टोलिसँग पराजित हुन पुगेको हो । खेलको १६ औं मिनेटमा लाकाजेटेले गोल गर्दै पाहुना टोलिलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता धेरै बेर टिक्न सकेन ।
खेलको १९ औं मिनेटमा कोरियाली स्ट्राइकर सनले गोल गर्दै खेललाई पहिलो हाफमा १-१ गोलको बराबरीमा ल्याएका हुन् । त्यस्तै दोस्रो हाफमा टोटेनहामले थप एक गोल गर्यो । खेलको ८१ औं मिनेटमा टोबिले गोल गर्दै टोटेनहामले २-१ गोलको जित निकालेको हो ।
यस जितसँगै टोटेनहामले ३५ खेलबाट ५२ अंक जोड्दै तालिकाको आठौं स्थानमा उक्लिएको छ । पराजित आर्सनल भने समान खेलमा ५० अंक जोड्दै एक स्थान तल झर्दै नवौं स्थानमा रहेको छ ।