News of Nation

हात्ती धपाउन बनाइएको विद्युतीय धरापमा परी एकको मृत्यु

झापा, ३० असार–जङ्गली हात्ती धपाउने धरापमा परेर मेचीनगर ९ का ६४ वर्षीय एक पुरुषको हिजो मृत्यु भएको छ ।

जंगली हात्ती प्रवेश गर्न नपाओस् भनेर आफ्नै खेतमा राखिएको विद्युतीय नाङ्गो तारको धरापमा परेर बद्रिप्रसाद थपलियाको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार बेलुकी ५ः४५ बजे खेतमा पानी लगाउन गएका थपलियाको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डिएसपी थापाले जानकारी दिएका हुन् ।

सो क्षेत्रमा स्थानीयले जंगली हात्तीबाट बच्न आफ्ना–आफ्ना खेत, बारी तथा घरहरुमा विद्युतीय धराप राख्ने गरेका छन् । यस्तो धरापमा परेर बर्षेनी स्थानीयको ज्यान जाने गरेको छ । हात्तीबाट ज्यान जोगाउन तथा उपद्रोबाट बच्ने स्थायी समाधान नहुँदा घरेलु उपाय अपनाउने कतिपयको सोहीकारण ज्यान जाने गरेको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.