News of Nation

दीपाश्रीलाई माफी दिन राजेश हमालको आग्रह

काठमाडौं, ३१ असार–नायक राजेश हमालले कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफि दिन आग्रह गरेका छन् । मंगलबार मध्यरातमा एक भिडियो सार्वजनिक गर्दै हमालले सहकर्मी दीपाश्री निरौलालाई माफी दिन आग्रह गरेका हुन् ।

आफूप्रति लक्षित गर्दै दीपाश्रीले दिएको अभिव्यक्तिका बिरुद्ध दर्शकले गाली गरिरहेको भन्दै त्यस्ता प्रतिक्रिया नजनाउन उनले आग्रह गरेका छन् । राजेशले दर्शकलाई सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई मानवीय हिसावले आत्मसममानमा ठेस नपुग्ने गरी संयमित भएर प्रतिक्रिया जनाउन अपिल गरेका छन् ।

आफू सहिष्णु भएर कतिपय कुरालाई नजरअन्दाज गरेर निरन्तर आफ्नो कर्म गरिरहेको भन्दै अरुमा पनि सहिष्णुता हुनुपर्ने बताएका छन् । उनले करिब ९ मिनेट लामो भिडियोमा उनले दीपाश्रीको नामै नलिई सम्बन्धित व्यक्तिलाई क्षमा गरिदिन आग्रह गरेका छन् । उनले कलाकारलाई आफ्नो क्षमता पस्किन सधैं प्रेरित गर्न पनि दर्शकसँग अपिल गरेका छन् ।

दीपाश्री निरौलाले एक टेलिभिजन कार्यक्रममा महानायक पनि हुनुहुन्छ र रु भनेपछि राजेश हमालका फ्यानले उनलाई गाली गरिरहेका छन् । दीपाश्रीले आफूबाट गल्ती भएको स्वीकार गर्दै माफी मागे पनि उनलाई गाली गर्ने क्रम रोकिएको छैन ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.