News of Nation

शिबसताक्षीको मंगलबारे बजारमा रात्रीकालिन सडक बत्ति जडान

धरमपुर, ३१ असार–झापाको धरमपुरस्थित मंगलबारे बजारमा रात्रीकालिन सडक बक्ति जडान गरिएको छ । सडक बक्ति जडान गरिएसँगै रातको समयमा हुने चोरी तथा लुटपाट नियन्त्रण हुने, व्यवसायी र ग्राहकहरुलाई आवत-जावतमा सहज भएको छ ।

मंगलबारे बजार व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शिबसताक्षी-२ का अध्यक्ष भीम नेम्बाङका अनुसार सडक बक्ति जडान भएपछि मंगलबारे बजारको मुहारमा परिवर्तन आएको छ ।

शिबसताक्षी नगरपालिका वडा नं २ मंगलबारे वडा कार्यालयको रु ३ लाख ५० हजार र उपभोत्ता समितिको रु १८ हजारसहित जम्मा रु ३ लाख ६८ हजारको लागतमा मंगलबारे बजारमा १७ वटा सडक बक्ति जडान गरिएको हो ।

बजारमा फोहोर सङ्कलनका लागि डसबिन, बिभिन्न प्रजातिका रुख बिरुवाहरु रोपण गरिएको छ । रात्रिकालिन बक्ति जडानसँगै बजारको एउटा टहरामा भुई ढलान गरिएको, बजारको नालीमा धकन लगाइएको र इलेक्ट्रिक कक्ष (रुम) निर्माण गरिएको अध्यक्ष नेम्बाङले जानकारी दिए ।

बजार अध्यक्ष नेम्बाङका अनुसार यसअघि, प्रदेश १ सरकार अन्तर्गत झापा क्षेत्र नं ४ (क) का प्रदेशसभा सदस्य झलकसिंह दर्लामी मगरको तर्फबाट र शिबसताक्षी नगरपालिकाका वडा कार्यालयबाट बजेटले बजारमा टायल बिछ्याइएको छ ।

त्यस्तैं, साप्ताहिक लाग्ने हाँट–बजार निर्माण गर्नुका साथै बजारमा रहेको टहराको जस्तापातालाई रङ्गरोगन गर्नुका साथै पशुबधशाला निर्माण गरिएको छ ।

साताको मंगलबार लाग्ने मंगलबारे बजारमा प्रहरी कार्यांलय, स्वास्थ्य चौकी, वडा कार्यालय, चारवटा सहकारी संस्थाहरु र निजी तथा सामुदायिक बिद्यालयहरु छन् । सोही बजारहुदै दक्षिण पाराबारीहुदै पाँचगाछी–महाभारासम्म पुग्न सकिन्छ भने बजारको पूर्व शिबगञ्ज पश्चिममा कमल गाउँपालिकाको क्याम्पा बजार पुग्न सकिन्छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.