News of Nation

विद्यालय खोल्ने सरकारको तयारी, कार्यविधि बनाउँदै

काठमाडौं, १ साउन–सरकारले कोरोना संक्रमणदर घट्दै गएको भन्दै विद्यालयमा पठन-पाठन खोल्ने तयारी गरेको छ। महामारी नियन्त्रण गर्न लगाइएको लकडाउनका कारण तीन महिनादेखि विद्यालय बन्द हुँदा विद्यार्थीहरूको पढाई अस्तव्यस्त भएपछि सरकार विद्यालय खोल्ने तयारीमा जुटेको हो। तीन महिनादेखि पठन-पाठन ठप्प हुँदा यतिखेर देशभर शैक्षिक गतिविधि ठप्पप्रायस्छ।

नयाँ शैक्षिकसत्र सुरू भएको तीन महिना नाघिसकेको छ। विद्यालयहरूलाई स्थानीय सरकारले विदेश तथा अन्यत्रबाट आउने र कोरोना संक्रमित राख्ने क्वारेन्टाइन एवम्‌ आइसोलेसन केन्द्रका रूपमा प्रयोग गरिरहेका छन्‌।​शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले कोभिड–१९ को महामारी तत्काल नियन्त्रणमा नआउने सम्भावना देखिएको र लामो समयसम्म विद्यालय बन्द गरेर राख्नु उपयुक्त नभएकाले अन्य सरकारी कार्यालय जसरी नै विद्यालय पनि क्रमशस् खोल्दै जाने तयारी रहेको जानकारी दिएका छन्‌।

‘कोरोना महामारी तत्काल नियन्त्रणमा आउने सम्भावना छैन, लामो समयसम्म विद्यालय बन्द गरेर राख्नु पनि उपयुक्त हुँदैन, त्यसकारण अहिले जसरी अन्य सरकारी कर्मचारीहरू कार्यालयमा काम गरिरहनुभएको छ, त्यसैगरी शिक्षक साथीहरूले पनि आफ्नो विद्यालयमा रहेर काम गर्नुपर्छ,’ उनले भने, ‘विद्यालय पूर्णरुपमा सञ्चालन गर्नेबारे हामीले एउटा विधि तयार गरिरहेका छौं, त्यो विधि तयार भएपछि सार्वजनिक हुन्छ र त्यसपछि क्रमश विद्यालय खोल्ने सरकारको योजना छ।’ तर कोभिड–१९ महामारीका बेला संक्रमण सर्ने सम्भावना कायमै रहने भएकाले आवश्यक सर्तकता भने अपनाउनुपर्ने उनले बताए।

‘बालबालिका विद्यालय गएपछि समुहमा बस्ने, विद्यार्थी र शिक्षक तथा विद्यार्थी-विद्यार्थीबीचको सामाजिक दूरी कायम राख्ने लगायतका विषय स्वास्थ्यका हिसाबले गम्भीर छन्,’ उनले भने, ‘महामारीकै बीच विद्यालय सञ्‍चालन गर्ने विषय गम्भीर र संवेदनशील भएकाले निर्णय गर्न केहि समय लाग्नसक्छ, तर पनि अब क्रमशस् सिकाइ प्रक्रियामा फर्किनुपर्छ भन्ने सरकारको बुझाई छ।’

Facebook Comments

Leave A Reply

Your email address will not be published.