News of Nation

कुवेतबाट शुक्रबार दुई चार्टर्ड उडान हुँदै

काठमाडौं, १ साउन–कोरोनाका कारण समस्यामा परेका र रोजगारीको करार समाप्त भएर स्वदेश फर्कन नपाएका नेपालीलाई उद्धार गर्नका लागि शुक्रबार कुवेतबाट दुई उडान हुँदैछन् ।

उक्त दुई चार्टर उडान जजिरा एयरवेजले गर्ने कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ । ती दुई उडान स्थानीय समयअनुसार बिहान ६ बजे र ८ बजे हुँदै छन् ।

स्वदेश फर्कने नेपालीलाई विमानस्थलमा कुनै समस्या परेमा दूतावासका अरबी भाषा बोल्ने कर्मचारीहरूलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.