News of Nation

लियो क्लब अफ शिबसताक्षीद्धारा झिलझिले प्रहरीलाई स्वास्थ्य सामाग्री प्रदान

झिलझिले, १ साउन–झापाको शिबसताक्षी नगरपालिकामा स्थापना भएर सामाजिक कार्य गर्ने लियो क्लब अफ दुधेले आज इलाका प्रहरी कार्यालय झिलझिलेलेलाई स्वास्थ्य सामाग्रीहरु बितरण गरेको छ । समाजमा शान्ति सुरक्षासँगै दैनिक अहोरात्र खटिरहने र फ्रन्ट लाइनमा काम गरिरहने सुरक्षाकर्मीको स्वास्थ्यप्रति जिम्मेवार हुदै लियो क्लब अफ शिबसताक्षीले मास्क र सेनिटाइजर बितरण गरेको हो ।

क्लबका अध्यक्ष एबम् दुधेका युवा सामाजिक अगुवा सुजन भण्डारीका अनुसार इलाका प्रहरी कार्यालय झिलझिलेमा कार्यरत सवै प्रहरीलाई मास्क र सेनिटाइजर बितरण गरिएको हो । स्वास्थ्य सामाग्री बितरण कार्यक्रममा इलका प्रहरी कार्यालय झिलझिलेका प्रनि कोमल ठाकुरसहित लियो क्लब अफ शिबसताक्षीका उपाध्यक्ष सागर आर्चाय, क्रिजम पोख्रेल, सचिव दीपसन घिमिरे र सहसचिव बिबेष चापागाईको उपस्थिति थियो ।

सो अवसरमा प्रहरी निरिक्षक एबम इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख ठाकुरले लियो क्बल अफ शिबसताक्षीलाई हार्दिक धन्यवाद व्यक्त गरेका थिए । सामाग्री बितरणमा लियो क्लब अफ शिबसताक्षीका अध्यक्ष भण्डारीले नागरिकको शान्ति सुरक्षा लगायतका बिषयहरुमा रात दिन खटिरहने प्रहरीको मनोबललाई उच्च र सम्मान गर्न स्वास्थ्य सामाग्रीहरु बितरण गरिएको बताए ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.