News of Nation

ट्राफिक कारबाहीबाटै २५ करोड राजस्व

काठमाडौं, १ साउन–उपत्यकामा सवारी कारबाहीबाट २५ करोड रुपैयाँ बराबर राजस्व उठेको छ। उपत्यकामा हुने दैनिक साना ठूला सवारी कारबाहीमा ०७६्७७ मा २५ करोड १४ लाख १४ हजार ५ सय रुपैयाँ राजस्व उठेको महानगरीय ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ।

यो अवधिमा ३ लाख ९५ हजार २ सय ३९ वटा सवारी साधन कारबाहीमा परेका थिए। ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ६ करोड कमी हो। आर्थिक वर्ष ७५र७६ मा भने ४ लाख ८१ हजार ७५ वटा सवारी साधनको कारबाहीबाट कुल ३१ लाख ५६ लाख ४१ हजार रुपैयाँ राजस्व उठेको थियो।

कति दुर्घटना ?

यो वर्ष सबैभन्दा बढी सबैभन्दा बढी दुर्घटना भएका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै १ हजार बढी भएका छन्। अघिल्लो वर्ष ८ हजार ५ सय ११ सवारी दुर्घटना भएका थिए। जसमा २ सय ५४ जनाले ज्यान गुमाए। ३ सय १७ जना गम्भीर घाइते भएका थिए।

यो वर्ष ९ हजार ४ सय ६१ सवारी दुर्घटना भए पनि ज्यान गुमाउनेको संख्यामा भने कमी आएको छ। यो आर्थिक वर्षको अन्त्यसम्म जम्मा १ सय ४४ जनाले ज्यान गुमाएका छन्। गम्भीर घाइतेको संख्या भने २ सय २९ रहेको छ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.