News of Nation

वीर्य स्खलन नहुने र शीघ्र स्खलनको समस्या

-डा सुमनराज ताम्राकार

लिंग उत्तेजना यथेष्ट मात्रामा भए पनि वीर्य स्खलन नहुन सक्छ। त्यसैले लिंग उत्तेजना नहुने र वीर्य स्खलन नहुने समस्या फरक–फरक हुन्। कतिपय अवस्थामा यौनेच्छा सामान्य भए पनि चरम सन्तुष्टिको मात्रा अनुरूप वीर्य स्खलन हुँदैन। कतिपयमा भौतिक रूपमा वीर्य स्खलन नहुने कारणले मानसिक रूपमा पूर्ण यौन सन्तुष्टिको अनुभूति नहुन सक्छ। कालान्तरमा यसैले निःसन्तान वा नपुंसक पो हुन्छु कि भन्ने पिरले सताउन सक्छ।

कहिलेकाहीँ बाहिरतिर स्खलित हुनुपर्ने वीर्य मूत्रथैलीतिर गएर वीर्य स्खलन नभएको जस्तो हुन सक्छ। यौन सम्पर्क अर्थात् चरम सुखपछि पिसाब परीक्षण गरेर थाहा पाउन सकिन्छ। वीर्य स्खलन नहुनाको कारण मानसिक, शारीरिक तथा परिस्थितिजन्य हुन सक्छ। चरम सन्तुष्टिको अभाव, यौनसाथीसँगको खराब सम्बन्ध, चिन्ता एवं तनावपूर्ण वातावरण, गर्भसम्बन्धी भयलगायत मानसिक कारणले वीर्य स्खलन नहुन सक्छ। यस्तो व्यक्तिमा यौन सपनासँगै स्वप्नदोष हुन सक्छ।

पौरुष ग्रन्थि एवं मूत्रथैलीको शल्यक्रिया, संक्रमण तथा यस क्षेत्रमा जोडिएका स्नायुमा समस्या उत्पन्न भएर पनि वीर्य स्खलन नहुने हुन सक्छ। यसका साथै मधुमेह, मेरुदण्डको चोटले पनि वीर्य स्खलन नहुने समस्या हुन सक्छ।

प्रत्येक पटकको हस्तमैथुन वा यौन सम्पर्कपछि वीर्य स्खलन हुनैपर्छ भन्ने मानसिक दबाब लिनु हुँदैन। यसो भएमा दाम्पत्य जीवनमा नकारात्मक असर पर्दैन। विविध कारणले यौन सम्बन्ध स्थापित गर्न नचाहेको अवस्थामा अर्थात् बाध्यतावश यौन सम्पर्क राख्नुपर्दा पनि वीर्य स्खलन नै नहुने होइन कि बढ्ता समय पनि लाग्न सक्छ। त्यसैले यस्तो परिस्थितिमा प्राक्क्रीडाको विशेष महत्व छ।

गर्भ रहला वा निःसन्तान भइएला कि भन्ने पृथक् चिन्ताबाट मुक्त हुने वातावरण हुनुपर्छ। पौरुष ग्रन्थिको संक्रमण, मूत्रनलीको संरचनागत उपचार ९शल्यक्रिया० पनि वीर्य स्खलन नहुने समस्याको उपचार हुन सक्छ। अन्य कारणको उपचारपछि पनि सन्तोषजनक उपलब्धि हासिल भएन भने भाइब्रेटर, विद्युतीय तरंगको उपचार लाभदायी हुन सक्छ। निःसन्तानको समस्या रहिरह्यो भने कृत्रिम गर्भाधान प्रक्रियाबाट फाइदा पुग्न सक्छ।

शीघ्र स्खलन

चरम सुखपछि वीर्य स्खलन हुन्छ। यसपछि यौनांगमा शिथिलता आई रिजोलुसन ९पुरानै अवस्था० मा फर्कन्छ। कतिपय पुरुषले शीघ्र स्खलनको समस्या गुनासो गर्छन्। प्रायःले अनुभव गरेका पनि हुन्छन्। यौनका दृष्टिले परिपक्व भएदेखि तथा वीर्य उत्पादन एवं कुनै तरिकाले स्खलन हस्तमैथुनलगायत माध्यम सुरु भएदेखि शीघ्र स्खलनको समस्या विद्यमान हुन्छ।

चाँडो वीर्य स्खलन हुने समस्या सापेक्षिक कुरा हो। त्यसैले यसलाई परिभाषित गर्न गाह्रो छ। स्वस्थ व्यक्तिको तीन मिनेटमा वीर्य स्खलन हुन्छ भने शीघ्र स्खलन भएको ठान्ने व्यक्तिले २.३२ सेकेन्डमै वा यौन कार्यको पाँच वा १० धक्कामै वीर्य स्खलन हुँदा पनि शीघ्र स्खलनको गुनासो गर्न थाल्छन्।

कति समयसम्मलाई शीघ्र र कतिलाई चाहिँ ढिलो भन्ने कुनै स्पष्ट सीमारेखा छैन। तुलनात्मक रूपमा महिलालाई चरम सुखमा पुग्न ढिलो हुन्छ। त्यसैले पनि पुरुषले शीघ्र स्खलनको अनुभूति गर्छ। कतिपयले भने वीर्य स्खलनअगाडि आउने रसलाई वीर्य ठान्ने र यौन फिल्म देखाइएको लामो यौन कार्यको दृश्यबाट प्रभावित भई आपूmमा शीघ्र स्खलन भएको शंका गर्छन्।

शीघ्र स्खलन हुनुको मुख्य कारण मानसिक हो। यसले पुरुष प्रजनन प्रणाली वा स्नायु प्रणलीमा खराबी भएको अर्थ लाग्दैन। पुरुषलाई आफ्नो पार्टनरलाई सन्तुष्ट पार्न सकिँदैन कि भन्ने चिन्ताले पनि ग्रस्त पारेको हुन सक्छ। कहिलेकाहीँ यस्तो हुन सक्छ। चिन्ता गर्नु आवश्यक छैन। नियमित रूपमा भयो भने समाधानतर्पm लाग्नुपर्छ। शीघ्र स्खलन कम गर्ने उपायका लागि धैर्य चाहिन्छ।

शीघ्र स्खलन नियन्त्रण सम्भव छ। यौन सहवासका क्रममा वीर्य स्खलन होलाजस्तो भयो भने लिंग बाहिर निकाल्ने अनि यौन उत्तेजना कम भएपछि पुनः चालू गर्ने, पार्टनरको शरीर र अंगमा ध्यान नदिने, यौन दृश्य तथा यौन परिकल्पना नगर्ने, यौन क्रीडा रोकेर ध्यान अर्कैतर्फ मोड्ने, महिला माथि बसेर यौन क्रीडा गरेमा स्खलन ढिलो हुने हुनाले आसन परिवर्तन गर्ने, स्खलन हुन लाग्दा पार्टनरलाई यौन सम्पर्कको गति धिमा गर्न संकेत गर्ने, स्खलन होलाजस्तो भयो भने लिंगको फेदमा अँठ्याउने, अण्डकोष र मलद्वारबीचको वीर्य नली थिच्ने, कम चिप्लोयुक्त बाक्लो खालको कन्डम प्रयोग गर्नेजस्ता उपाय अवलम्बन गरेमा शीघ्र स्खलनको समस्या बिस्तारै हट्छ। महिला माथि बसेर गरिने यौन आसनमा पनि वीर्य स्खलन ढिलो हुन्छ।

लिंगवरिपरिको मांसपेशीको कसरतले पनि शीघ्र स्खलन घटाउन सकिन्छ। यसका लागि दृढ अठोट एवं धैर्यका साथै पार्टनरको सहयोग र समझदारी आवश्यक पर्छन्। त्यसैगरी, बेन्जोकेन वा लिग्नोकेन भएका जेल लिंगमा लगाउँदा पनि वीर्य स्खलन ढिलो गराउँछ। वीर्य स्खलन नियन्त्रण अभ्यासका क्रममा हस्तमैथुन गर्ने, स्खलन हुनै लाग्दा रोक्ने अनि उत्तेजना कम भएपछि फेरि थाल्ने अभ्यास गर्न सकिन्छ।

यी सबै अभ्यास एवं अपेक्षाकृत नतिजाका लागि समय लाग्न सक्छ। अभ्यासका क्रममा एकै पटक सफलता भएन भनेर निराश हुनु हुँदैन, बरु कति सुधार भयो रु त्यसमा सकारात्मक सोच राखी अझ राम्रो गर्न सक्छु भनेर प्रयासरत रहने गर्नुपर्छ। शीघ्र स्खलनको समस्या रहिरहेमा यौन विशेषज्ञ वा मनोरोग विशेषज्ञको सहयोग लिनुपर्छ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.