News of Nation

ओसासुनासँग बार्सिलोना पराजित

एजेन्सी, २ साउन–बार्सिलोना स्पेनिस ला लिगा फुटबलमा पराजित भएको छ । बिहीबार राति घरेलु मैदानआ भएको खेलमा बार्सिलोना ओसासुनासँग २(१ गोलले पराजित भएको हो ।

बार्सिलोनालाई पराजित गर्न १० खेलाडीमा समेटिएको ओसासुनाका लागि जोसे अर्नाइज र रोबर्टो टोरेसले एकरएक गोल गरे । बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले एक गोल फर्काएका थिए ।

खेलको १५ औं मिनेटमा जोसे अर्नाइजले गोल गर्दै पाहुना टोली ओसासुनालाई अग्रता दिलाए । उनले पेर्भिस एस्तुपिएनको पासमा गोल गर्दै पहिलो हाफमा बारैलोनालाई १-० गोलको अग्रता दिलाएका हुन् ।

६२ औं मिनेटमा मेस्सीले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले फ्रिकिकमा सोझै गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याएका थिए । तर खेलको इन्जुरी समयामा ओसासुनाका रोबर्टो टोरेसले गोल गर्दै २-१ को जित दिलाए । उनले एन्रिके बार्जाको क्रसमा गोल गरेका थिए ।

पाहुना टोली ओसासुना ७७ औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । स्ट्राइकर एन्रीक गालेगोले डिफेन्डर क्लेमेन्ट लेङलेटलाई फाउल गरेपछि रेफ्रीले रातो कार्ड दिदै मैदान बाहिर पठाएपछि ओसासुना १० खेलाडीमा समेटिएको थियो ।

हारसँगै दोस्रो स्थानमा सिमित भएको बार्सिलोनाले ३७ खेलमा ७९ अंक जोडेको छ । ओसासुना ५१ अंकसहित लिगको ११ औं स्थानमा छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.