News of Nation

नेपाल फिफा वरीयताको १७०औं स्थानमै यथावत्

काठमाडौं, २ साउन–विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले सार्वजनिक गर्ने वरीयतामा नेपाल पुरानै स्थानमा यथावत् रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल पुरानै स्थानमा रहेको हो ।विश्वभर फैलिएको कोरोना भाइरसका कारण कुनै पनि खेल नहुँदा नेपाल वरीयताको यथास्थानमै रहेको हो ।

दक्षिण एसियाली राष्ट्रमा भारत १०८औँ स्थानमा रहँदा माल्दिभ्स १५५औँ स्थानमा छ । नेपालभन्दा पछाडि बंगलादेश १८७, भुटान १८९, पाकिस्तान २ सय र श्रीलंका २०६औं स्थानमा छन् । एसियाली राष्ट्रमध्ये शीर्षस्थानको जापान विश्व वरीयतामा २८औं स्थानमा छ ।

नेपालले कतार विश्वकप २०२२ र एसिया कप २०२३ को छनोटको दोस्रो चरणमा घरेलु मैदानमा तीन खेल खेल्न बाँकी छ । मार्चमा दुई अस्ट्रेलिया र चाइनिज ताइपेई तथा जुनमा एक जोर्डन विरुद्ध खेल खेल्ने कार्यक्रम रहे पनि कोरोनाका कारण स्थगित छन् ।

विश्व वरीयतामा बेल्जियम नै शीर्षस्थानमा यथावत् छ । दोस्रो स्थानमा फ्रान्स र तेस्रोमा ब्राजिल छन् । त्यसपछि इङ्ल्यान्ड र उरुग्वेले क्रमशः शीर्ष ५ स्थान ओगटेका छन् । शीर्ष १० स्थानमा क्रोएसिया, पोर्चुगल, स्पेन, अर्जेन्टिना र कोलोम्बिया छन् ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.