News of Nation

प्रदेश १ मा थप २४ जना डिस्चार्ज

विराटनगर, २ साउन–प्रदेश १ मा शुक्रबार कोरोना रोग ठिक भई थप २४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालमा उपचाररत २१ जना, उद्योग वाणिज्य संघ, फुङलिङ ताप्लेजुङ अस्थायी केन्द्रमा उपचाररत २ जना र जिल्ला अस्पताल अस्थायी केन्द्र खोटाङमा उपचाररत १ जना डिस्चार्ज भएकाको हुन् ।

सामाजिक विकास मन्त्रालयले जनाएअनुसार डिस्चार्ज हुनेमा झापाका १३, सुनसरीका ३ जना, मोरङ, पाँचथर र ताप्लेजुङ दुई दुई तथा खोटाङ र इलामका एक एक जना छन् ।

प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ६ सय ८० पुगेको छ । प्रदेश १ मा आज १ जनामा कोरोना संक्रमण देखिएको छ ।

झापाको बुद्धशान्तिका एक पुरुषमा कोरोना पोजेटिभ रिपोर्ट आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा संक्रमितको संख्या ७ सय ७५ पुगेको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.