News of Nation

रियल मड्रिडमा सफल जिनेदिन जिदान

एजेन्सी, ३ साउन–रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदान विश्व फुटबलको सफल प्रशिक्षकमध्येका एक हुन् । जिदानले रियलमा रहेर क्लबका लागि धेरै उपाधि जिताइसकेका छन् । उनले रियललाई उत्कृष्ट स्पेनिस क्लब बनाउन मात्र होइन स्पेनमा सफल रूपमा स्थापित हुन सहयोग गरे ।

सन् २०१६ मा स्पेनिस क्लब रियलका मुख्य प्रशिक्षकका रूपमा आएका उनले क्लबका लागि पहिलो सिजनमै उपाधि जिताउन सहयोग पुर्याए । रियलले उनी आएको पहिलो सिजन ला लिगा, च्याम्पियन्स लिग, सुपर कप र क्लब वर्ल्ड कपको उपाधि जिताउन सफल भए ।

त्यसपछिका सिजन पनि जिदानका लागि सफल रहे । जिदानले २०१७ को सिजनमा पनि रियलका लागि च्याम्पियन्स लिग उपाधि जिताउन सफल भए । उनले हालसम्म रियलका लागि तीन च्याम्पियन्स लिग उपाधि जिताइसकेका छन् ।

त्यस्तै उनले ला लिगाको उपाधि दुई सिजन जिताएका छन् । सन् २०१६–१७ को सिजनमा पहिलो उपाधि जिताएका जिदानले यसै सिजन क्लबका लागि दोस्रो उपाधि जिताएका हुन् । यसै सिजन जिदानले सुपर कोपा डी स्पानोलको उपाधि पनि जिताएका छन् ।

जिदानले प्रशिक्षकका रूपमा पनि धेरै अवार्ड जितिसकेका छन् । जिदान रियलमा खेलाडीका रूपमा पनि सफल खेलाडी हुन् ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.