News of Nation

दमक अस्पतालमा कुमारीले छोरा जन्म दिईन्, आमा-छोराको स्वास्थ्य अवस्था सामान्य

दमक,३ साउन–झापाको दमक चौकमा केहिदिन अघि अलपत्र भेटिएकी पाँचथर, चिलिङ्देनकी ३७ बर्षिया कुमारी नेम्वाङले आज छोरा जन्माएकी छन् । दुई दिन अघि नगरपालिकाको सेफ हाउसमा बसेकी गर्भवती नेम्वाङले दमक अस्पतालमा छोरा जन्माएकी हुन् । आमा,छोरा दुवैको स्वास्थ्य अवस्था सामान्य छ ।

साता दिन अघि अलपत्र अवस्थामा भेटिएकी ती महिलालाई दमकका केहि युवाहरुले उद्दार गरेका थिए । अलपत्र अवस्थामा भेटिएकी उनलाई केहिदिन स्थानीय सृजना होटलका सञ्चालक रमेश मगर, सामाजिक अगुवा शान्ता केरुङ्, गगन लाओती लगायतले उद्दारसंगै खानपानमा सहयोग पुरयाँएका थिए ।

उद्दारपछि सामाजिक सञ्जालमा ती महिलाको हुलिया विवरण उल्लेख गरि सार्वजनिक गरिएपछि उनका आफन्त, परिवारजन सम्पर्कमा आएका थिए । युवा व्यक्तित्व गगनका अनुसार माइतीसहित आफन्त आफनो चेली लिन दमक आएपछि उद्दारमा परिचालित युवाहरुले अलपत्र महिलालाई परिवारसंग सम्पर्कमा संरक्षणका लागि उनलाई सेफ हाउसमा राख्ने टुंगो गरिएको छ । सेफ हाउसमा दुवैलाई संरक्षण गर्ने तय गरिएको छ ।

पाँचथरको कुरुम्वा बस्ने लाओती थरीका एक जनासं विहे गरि दुई सन्तान भएकी उनको चार वर्ष यता परिवारिक विचलन आएको थियो । एकबेला रोजगारीका लागि विदेशसम्म गएका ती महिलाले परिवारिक कलहपछि श्रीमान त्यागेकी थिइन् । त्यसरी पहाडबाट एकाएक मधेश झरेका उनले इलामका तामाङ्संग विहे गरे, तर केहि महिना अघि मात्र उनका श्रीमानले आत्मदाह गरेका थिए ।

परिवारिक कचिंगलका कारण पछिल्ला केहि महिनादेखि उनी सडकमा नै बस्दैआएकी थिइन् । कहिले चौक, वसपार्क क्षेत्रमा रात काट्ने दैनिकी व्यहोरिआएका थिए । यतिकैमा उनलाई तीनै युवाहरुले दमकको आकासे पुलबाट उद्दार गरिएको थियो ।

सडकको बाँस देखेर उनीहरुले आफूले सक्दो सहयोग दिए, कसैले खाना, कसैले पानीविस्कुटको जोहो गरिदिए । तर, उद्दार पछि सामाजिक सञ्जालमा उनको कथाव्याथा आएपछि मनकारीले दिल खोलेर सहयोग पनि उपलव्ध गराए ।

गगनले स्वदेश तथा विदेशबाट पीडित महिलाको पूर्नास्थापनाका लागि सहयोग पुरयाँउने प्रतिवद्धता जनाए । उनका आफन्त आएका बखत संकलित करिव १६ हजार रुपैया सहयोग पीडितले प्रदान गरिएको थियो । तर, भर्खरै जन्मिएको शिशुसहित आमालाई आवश्यक खानपीनको अभाव उतिकै छ, त्यसतर्फ हुनेले सहयोग पुरयाँए कल्याण हुने सामाजिक अगुवा लाओतीले वताए ।

परिवारलाई जिम्मा दिने कार्यमा अग्रज व्यक्तित्व धिरेन लाओती,सञ्चारकर्मीहरु लगायतको समेत उपस्थिति रहेको थियो ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.