News of Nation

हार्दिक श्रद्धाञ्जली धरमपुरे माइला दाई !

–अनिलदेब राई शिबसताक्षी–३ धरमपुर (हालः दमक)

कविता

धरमपुरको माइला दाई !
मैले नचिन्दै पत्रिका बोक्थे !!

भोको पेट र कमजोर शारिरिक अवस्थामा पनि,
माइला दाई गाउँ–गाउँमा पत्रिकासँगै खबरहरु पुर्याउँथे !

उनले आफ्नो भोको पेटको निम्ति पत्रिका बोके
उनले अरु काम गर्न नसकेर यस्तै गरे होला,
तर, उनले कहिल्यै मागेर हिडेन ।
सित्तैमा कसैको खाएर हिडेन ।।

उनको बुबा आमा र घर–परिवार बारे केही जानकारी छैन् ।
तर, उनको हुलिया र स्वभाव बारे जानकार छु ।

खासमा उनी प्रष्ट बोल्न सक्दैनन् ।
उनी, हिड्नसम्म मुस्किले मात्रै सक्छ ।
थात्रो अनि मैलो कपडामा बेसुरले जीवन बिताइरहेका माइला दाई ।
दुनियाँ दशैंको टीका थापेर भोज खान तयार हुदै थिए
यता, धरमपुरे माइला दाई
(कार्तिक १० गते सोमबार, साँझ ७ बजे धरमपुरमा)
सदाको लागि ढल्यो र हामीबाट बिदा भयो ।
हार्दिक श्रद्धाञ्जली माइला दाई !

म उनीसँग ६० को दशकदेखी नजिक भए ।
म पत्रिकामा कार्यरत हुदैगर्दा उनले मलाई साथ दिए ।।
उनी मेरो पत्रिका औजार दैनिक गाउँ–गाउँमा पुर्याउथे,

बोल्न त के ? हिड्नसम्म नसक्ने माइलाले
बिहानै गाउँ–गाउँमा पत्रिका पुर्याउँथे ।

हुन सक्छ,
पत्रिका पारखीहरुले उनको जाँगरलाई पैसामा मात्रै बुझे होलान् ।
दुई चार रुपैयामा पत्रिका किन्ने ग्राहकहरुले
माइलाले जीवनमा भोको पेटको निम्ति गरेका अनवरत सघर्ष
हिँउदमा चिसा रातसँग बिताएका कठोर समयहरु
झरी बर्षाले निथुक्कै भिजेर जीवनका थकाईहरु
माइलालाई कसले बुझे होलान् र ?

पत्रिका बिक्रीबाट आएको दुई चार रुपैयाँले उनी खाजा खान्थे,
कहिले काँही, बचेको पैसाले अलिअलि जाँड र रक्सी खान्थे,
माइला धरमपुरमा यता–उता गर्थे र कराउँथे,
धुलो मैलो हुदै सडकमै सुत्थे,
र, चिने–जानेका आफ्ना आफन्तहरुसँग खाजा खाने पैसा माग्थे
उनको प्रेमिल स्वाभावपनि यहि थियो,
हाँसेर बोल्थे, अंगालो मार्थे र चुप्पा पनि गर्थे ।
खुशीले बेस्कन हास्थे ।।

Facebook Comments

Leave A Reply

Your email address will not be published.