News of Nation

आज कोरोना संक्रमणबाट १७ जनाको मृत्यु

काठमाडौं, १५ कार्तिक–नोभेल कोरोना भाइरसको संक्रमणबाट देशभर थप १७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १७ जनाको मृत्यु भएको हो ।

गत साता देशभर संक्रमणबाट ११५ जनाको मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३७ पुगेको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.