दमक, १८ कार्तिक–झापाको गौरादह र दमकमा आज थप दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका १ गेउरिया निवासी ८४ वर्षिय अधिकारी थरका वृद्ध रहेका छन् ।
लामो समयदेखि क्यान्सर रोगले पीडित अधिकारीलाई गत कात्तिक ७ गते संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि घरैमा बसेका उनको आज विहान १० वजे मृत्युभएको नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले बताए । योसँगै गौरादहमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ६ पुगेको छ ।
यसअघि आज विहाननै कोरोना संक्रमणवाट दमकमा आज थप एक जना वृद्धको मृत्यु भएको छ । दमक ६ निवासी ७१ बर्षिय अधिकारी थरका वृद्ध पुरुषको आज विहान मृत्यु भएको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
पाँच दिन अघि संक्रमण देखिएका वृद्धको होम आइसोलेसनमा मृत्युभएको स्वास्थ्य शाखाका कुवेर भट्टराईले वताए ।मृतक उच्चरक्तचापका विरामी थिए ।
यससंगै दमकमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ३ महिलासहित १८ पुगेको छ ।