झापा, २० कार्तिक–झापाको मेचीनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मेचीनगर नगरपालिका वडा नं १० की ४२ वर्षिया महिला रहेकी छन् । उनको आज बिहान ५स्५० बजे नोवेल हस्पिटल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो ।
श्वासप्रश्वासको समस्या भएर ती महिलालाई कात्तिक ८ गते विराटनगर लगिएको थियो । मेचीनगरमा कोरोना संक्रमणबाट हिजो मात्र एक बृद्धाको मृत्यु भएको थियो ।
Facebook Comments