News of Nation

तिब्बतसँगको सीमा निरीक्षण गर्न प्रधानमन्त्री ताप्लेजुङ आउने

ताप्लेजुङ, २८ कात्तिक–प्रधानमन्त्री केपी शर्मा ओली चीनको स्शासित क्षेत्र तिब्बतसँगको सीमा निरीक्षणसहितको कार्यक्रमका लागि ताप्लेजुङ आउने भएका छन् ।

जिल्लाको उत्तरी नेपाल र तिब्बतको सीमाक्षेत्र टिपताला भञ्ज्याङको निरीक्षण तथा फक्ताङ्लुङ गाउँपालिका वडा नं ६ लेलेपको घुन्सामा निर्माण गरिएको स्वास्थ्य इकाइ कार्यालय उद्घाटनको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली आगामी मङ्सिर ५ गते ताप्लेजुङ आउने भएका हुन् ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईले आउँदो साताको शुक्रबार अर्थात मङ्सिर ५ गते बिहान प्रधानमन्त्री ताप्लेजुङ आउनुहुने कार्यक्रमबारे आपूmलाई जानकारी आएको बताए ।

चापागाईका अनुसार फक्ताङ्लुङ गाउँपालिका वडा नं ६ लेलेपको घुन्सामा घुन्सा फाउण्डेसनको पहलमा निर्माण गरिएको स्वास्थ्य इकाइ कार्यालयको नवनिर्मित भवनको प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने भएका छन् ।

स्वास्थ्य इकाइको उद्घाटनपछि प्रधानमन्त्रीले दुई देशको सिमाना टिपताला भञ्ज्याङ क्षेत्रको हेलिकप्टरमार्फत निरीक्षण गर्नुहुने कार्यक्रम रहेको प्रजिअ चापागाईले जानकारी दिए ।

प्रजिअ चापागाईका अनुसार सीमा क्षेत्र निरीक्षणसहित ताप्लेजुङको कार्यक्रम सम्पन्न भएपछि प्रधानमन्त्री ओली दिउँसो १ बजे इलामको सन्दकपुरमा स्थापना गरिएको बोर्डर आउट पोष्ट उद्घाटन गर्न जाने कार्यक्रम तालिका रहेको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.