News of Nation

भगवती आधारभूत विद्यालयमा फिल्टरिङ गरिएको खानेपानी

गोविन ल्वागुन/डुडामारी (शिबसताक्षी), ४ मंसिर–झापाको शिबसताक्षी–८ स्थित डुडामारी चौकमा रहेको भगवती आधरभुत बिध्यलयमा फिल्टरिङ गरिएको खानेपानी आयोजना आज एक कार्यक्रमकाबीच बिध्यलयलाइ हस्तान्तरण गरिएको छ ।

हेल्पिङ हयन्ड फर रिलिफ डेभ्लभमेन्ट नेपालको सहयोगमा वर्क फर नेपालले निर्माण गरेको खाने पानी आयोजना बिध्यलयलाइ हस्तान्तरण गरिएको बिधयलयका प्रधान्ध्यपक टेकबहादुर थापा मगरले बताए ।

प्रदेश सभा सदस्य झलकसिहं दर्लामी तथा नगर प्रमुख चन्द्रकुमार शेर्माले सङयुक्त रुपमा उद्घाटन गरि बिध्यलयलाई हस्तान्तरण गरे । सो अवसरमा प्रमुख अतिथी समेत रहेका प्रदेशसभा सदस्य दर्लामीले आफ्नो निर्बाचन क्षेत्रमा रहेका बिध्यालका आवश्यक भौतिक पुर्बधार बिकाशमा तिनै तहको सरकार मिलेर सहयोग गर्ने प्रतिबद्धता जनाए ।

त्यसैगरी, डुडमरी–फाक्तेप–हवल्दर चोक जोड्ने सड्कको कालोपत्रे निर्माणकार्यलाई निरन्तरता दिने बताए। टुबेलको पानी खान बाध्य यस बिध्यलय परिवारलाई सुबिधायुक्त खानेपानी बिध्यलयमा निर्माण भएपछी विद्यार्थी तथा शिक्षाकहरुलाई सहज र शुद्ध पानी खान पाउने बताइएको छ ।

यो आयोजना रु १ लाख ५० हजारको लागतमा निर्माण गरिएको हो । हेल्पिङ हयन्ड फर रिलिफ डेभ्लभमेन्ट नेपालको सहयोगमा वर्क फर नेपालले बिगत ३ बर्षदेखि देशको ३ जिल्लामा विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको वर्क फर नेपालका अध्यक्ष तिलचन्द्र अधिकारीले बताए ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.