News of Nation

गायीका तथा मोडल पारु राईको ‘तिम्रो तृष्णा’ म्युजिक भिडियो सार्वजनिक

दमक, २९ वैशाख–गायीका तथा मोडल पारु राईले बेलायत (युके) बाटै “तिम्रो तृष्णा” बोलको गितको भिडियो सार्वजनिक गरेकी छन् । भिडियोमा गायीका पारु राईलाई दभ्वइस अफ नेपाल सिजन-२ का उपबिजेता बिकाश लिम्बुले साथ दिएका छन् ।

गीतमा बरिष्ठ संगीतकार ताराप्रकाश लिम्बुले संगीत गरेका छन् । गीतको शब्द गायिका तथा मोडल राईले नै लेखेकी हुन ।

गीतको छायाँकन नेपाल र युकेमा गरिएको छ । युकेमा कुशल श्रेष्ठ र नेपालमा सुरज तामाङले छायांकन तथा निर्देशन गरेका हुन् ।

भिडियोका सम्पादन पनि कुशल श्रेष्ठले नै गरेका हुन् । गीतको भिडियोमा मण्डल थेबे, पारु राई, बिकाश लिम्बु र बृक्षा लिम्बुले अभिनय गरेका छन।

भिडियोमा माया गर्ने जोडीहरुको भावाना प्रस्तुत गरिएको छ । बिगत १ दशक यता बेलायतमा बस्दै आएकी गायिका राईले यसअघि ‘प्यास’ नामक गीति एल्बम बजारमा ल्याएकी थिइन् । पारुले सो एल्बमबाट दुई गीतको भिडियो समेत बजारमा ल्याइसकेकी छन् ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.