News of Nation

भारतको पश्चिम बंगालमा चट्याङले लागेर २३ जनाको मृत्यु

काठमाडौं, २५ जेठ–भारतमा चट्याङले लागेर २३ जनाको मृत्यु भएको छ । पश्चिम बंगाल राज्यका तीन जिल्लामा तीव्र गतिको हावा र भारी वर्षासँगै परेको चट्याङका कारण कम्तीमा २३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

सरकारी अधिकारीहरुका अनुसार हुगलीमा १०, मुर्शिदाबादमा ९, हवाडामा २ र पश्चिम मोदिनीपुरमा २ जनाको मृत्यु भएको हो । सत्तारुढ दलका नेता तथा सांसदहरु मृतकको घरमा पुगेर दुःख व्यक्त गर्नुका साथै घटनाबारे जानकारी लिएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई जनही २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.