News of Nation

इथियोपियन महिलाले बनाइन् नयाँ रेकर्ड

काठमाडौं, २६ जेठ–१० हजार मिटर दौडमा डच धाविका सिफान हसनले बनाएको विश्व रेकर्ड दुई दिनमै तोडिएको छ। उनले गएको आइतबार बनाएको रेकर्ड मंगलबार इथियोपियाकी लेटिसेनबेट गिटीले पाँच सकेन्डले तोडेकी हुन्।

नेदरल्याल्ड्सकी सिफा हसनले निर्धारित १० हजार मिटर दूरी २९ मिनेट ६।८२ सेकेन्डमा पार गर्दै विश्व कीर्तिमान बनाएकी थिइन्। उनले पाँच वर्षअघि इथियोपियान अल्मज अयनाको २९ मिनेट १७।४५ सेकेन्डको रेकर्डलाई १० सेकेन्डले उछिन्दै आफ्नो नाममा बनाउन सफल भएकी थिइन्।

तर, नेदरल्यान्डको हेन्गेलोमा भएको १० हजार मिटर दौडमा गिडीले २९ मिनेट एक दशमलब तीन सेकेन्डमा दौड सम्पन्न गरेर नयाँ रेकर्ड आफ्नो बनाइन्।

‘मैले विश्व रेकर्ड बनाउनेबारे सोचेको थिएँ,’ २३ वर्षे गिटीले रेकर्ड बनाएपछि भनिन्, ‘म फेरि पनि यो रेकर्डलाई २९ मिनेटमा झार्ने प्रयास गर्नेछु।’

गिडीले यसअघि पाँच हजार मिटरतर्फ दौडमा विश्व रेकर्ड बनाएकी थिइन्। यससँगै उनी १९९३ पछि पाँच हजार र १० हजारमा रेकर्ड बनाउने पहिलो महिला बनेकी छन्।

 

Facebook Comments

Leave A Reply

Your email address will not be published.