News of Nation

शुक्रबारदेखि युरोकप सुरु हुँदै

हेर्नुस ! नेपाली समय अनुसार युरोकपको खेल तालिका

काठमाडौं, २६ जेठ–यस वर्षको युरोकप फुटबल प्रतियोगिता अव २ दिनपछि शुरु हुंदैछ । पर्सी जुन ११ देखि जुलाई ११ सम्म युरोपका विभिन्न शहरमा युरोकप खेलिंदै छ । युरोकपको १६ औं संस्करण युरोपका विभिन्न देशका ११ शहरमा आयोजना हुँदैछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा आयोजना गर्न लागिएको हो ।

यसैबीच युरोकप खेलिने युरोपका विभिन्न ११ वटा रंगशालाको साजसज्जा तयार गरी चिटिक्क पारिएका छन् । युरोपेली फुटबलको सर्बोच्च निकाय यूईएफएले युरोकप लण्डन, आम्स्टरडाम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लासगो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना गर्दै निर्णय गरिसकेको छ ।

इटालीको रोममा हुने उद्घाटन खेलमा टर्की र इटाली भिड्ने छन् भने फाईनल खेल फाइनल खेल लण्डनमा हुने तालिका छ । सन् १९६० मा फ्रान्सको आयोजनामा भएको पहिलो संस्करणको युरोकपमा युगोस्लाभियालाई २–१ ले पराजित गर्दै सोभियत युनियनले उपाधि जितेको थियो । युरोपियन राष्ट्रले खेल्ने युरोकपमा हालसम्म १५ औं संस्करण पूरा भइसकेको छ । यसअघि सन् २०१६ मा भएको युरोकपको उपाधि पर्च्युगलले जितेको थियो । सन् २०२० मा हुनुपर्ने युरोकप कोरोना महामारिका कारण एकबर्ष पछि सारिएको हो ।।

समूह विभाजन

समूह एः टर्की, इटाली, वेल्स, स्विट्जरल्यान्ड
समूह बीः डेनमार्क, फिनल्यान्ड, बेल्जियम, रसिया
समूह सीः नेदरल्यान्ड्स, युक्रेन, अस्ट्रिया, नर्थ म्यासेडोनिया
समूह डीः इंग्ल्यान्ड, क्रोएसिया, स्कटल्यान्ड, चेक गणतन्त्र
समूह ईः स्पेन, स्विडेन, पोल्यान्ड, स्लोभाकिया
समूह एफः हंगेरी, पोर्चुगल, फ्रान्स, जर्मनी

समूह चरण

शुक्रबार ११ जुन

१) समूह ‘ए’ –टर्कीविरुद्ध इटाली (राति १२ः४५ बजे–रोम)

शनिबार १२ जुन

२) समूह ‘ए’ – वेल्सविरुद्ध स्वीट्जरल्यान्ड्स (साँझ ६ः४५ बजे–बाकु)
३) समूह ‘बी’ –डेनमार्कविरुद्ध फिनल्यान्ड (राति ९ः४५ बजे–कोपेनहेगन)
४) समूह ‘बी’ – बेल्जियमविरुद्ध रसिया (राति १२ः४५ बजे–सेन्ट पिटर्सवर्ग)

आइतबार १३ जुन

५) समूह ‘डी’ –इंग्ल्यान्डविरुद्ध क्रोएसिया (राति ६ः४५ बजे–लन्डन)
६) समूह ‘सी’ –अष्ट्रियाविरुद्ध नर्थ म्यासेडोनिया (राति ९ः४५ बजे–बुकारेस्ट)
७) समूह ‘सी’ –नेदरल्यान्डस्विरुद्ध युक्रेन (राति १२ः४५ बजे–आम्स्टरडम)

सोमबार १४ जुन

८) समूह ‘डी’ – स्कटल्यान्डविरुद्ध चेक रिपब्लिक (राति ६ः४५ बजे–ग्लास्गो)
९) समूह ‘ई’ – पोल्यान्डविरुद्ध स्लोभाकिया (राति ९ः४५ बजे–सेन्ट पिटर्सवर्ग)
१०) समूह ‘ई’ –स्पेनविरुद्ध स्वीडेन (राति १२ः४५ बजे–सेभिया)

मंगलबार १५ जुन

११)समूह ‘एफ’ –हंगेरीविरुद्ध पोर्चगल (राति ९ः४५ बजे–बुडापेस्ट)
१२) समूह ‘एफ’ –फ्रान्सविरुद्ध जर्मनी (राति १२ः४५ बजे–म्युनिख)

बुधबार १६ जुन

१३) समूह ‘बी’ –फिनल्यान्डविरुद्ध रसिया (राति ६ः४५ बजे–सेन्ट पिटर्सवर्ग)
१४) समूह ‘बी’ –टर्कीविरुद्ध वेल्स (राति ९ः४५ बजे–बाकु)
१५) समूह ‘ए’ –इटालीविरुद्ध स्वीट्जरल्यान्ड (राति १२ः४५ बजे–रोम)

बिहीबार १७ जुन

१६) समूह ‘सी’ – युक्रेनविरुद्ध नर्थ म्यासेडोनिया (राति ६ः४५ बजे–बुकारेस्ट)
१७) समूह ‘बी’ –डेनमार्कविरुद्ध बेल्जियम (राति ९ः४५ बजे–कोपेनहेगन)
१८) समूह ‘सी’ –नेदरल्यान्ड्सविरुद्ध अष्ट्रिया (राति १२ः४५ बजे–आम्स्टरडम)

शुक्रबार १८ जुन

१९) समूह ‘ई’ –स्वीडेनविरुद्ध स्लोभाकिया (राति ६ः४५ बजेःसेन्ट पिटर्सवर्ग)
२०) समूह ‘डी’ –क्रोएसियाविरुद्ध चेक रिपब्लिक (राति ९ः४५ बजे–ग्लास्गो)
२१) समूह ‘डी’ –इंग्ल्यान्डविरुद्ध स्कटल्यान्ड (राति १२ः४५ बजे–लन्डन)

शनिबार १९ जुन

२२) समूह ‘एफ’ – हंगेरीविरुद्ध फ्रान्स (राति ६ः४५ बजेःबुडापेस्ट)
२३) समूह ‘एफ’ –पोर्चुगलविरुद्ध जर्मनी (राति ९ः४५ बजे–म्युनिख)
२४) समूह ‘ई’ –स्पेनविरुद्ध पोल्यान्ड (राति १२ः४५ बजे–सेभिया)

आइतबार २० जुन

२५) समूह ‘ए’ –इटालीविरुद्ध वेल्स (राति ९ः४५ बजे–रोम)
२६) समूह ‘ए’ –स्वीट्जरल्यान्डविरुद्ध टर्की (राति ९ः४५ बजे–बाकु)

सोमबार २१ जुन

२७) समूह ‘सी’ – नर्थ म्यासेडोनियाविरुद्ध नेदरल्यान्ड्स (राति ९ः४५ बजे–आम्स्टरडम)
२८) समूह ‘सी’ – युक्रेनविरुद्ध अष्ट्रिया (राति ९ः४५ बजे–बुकारेस्ट)
२९) समूह ‘बी’ – रसियाविरुद्ध डेनमार्क (राति १२ः४५ बजेरकोपेनहेगन)
३०) समूह ‘बी’ –फिनल्यान्डविरुद्ध बेल्जियम (राति १२ः४५ बजे–सेन्ट पिटर्सवर्ग)

मंगलबार २२ जुन

३१) समूह ‘डी’ –चेक रिपब्लिकविरुद्ध इंग्ल्यान्ड (राति १२ः४५ बजे–लन्डन)
३२) समूह ‘डी’ –क्रोएसियाविरुद्ध स्कटल्यान्ड (राति १२ः४५ बजे–ग्लास्गो)

बुधबार २३ जुन

३३) समूह ‘ई’ – स्लोभाकियाविरुद्ध स्पेन (राति ९ः४५ बजेःसेभिया)
३४) समूह ‘ई’ –स्वीडेनविरुद्ध पोल्यान्ड (राति ९ः४५ बजे–सेन्ट पिटर्सवर्ग)
३५) समूह ‘एफ’ –जर्मनीविरुद्ध हंगेरी (राति १२ः४५ बजे–म्युनिख)
३६) समूह ‘एफ’–पोर्चुगलविरुद्ध फ्रान्स (राति १२ः४५ बजे–बुडापेस्ट)

प्रि–क्वाटरफाइनल

शनिबार २६ जुन

३७) समूह ‘ए’ को उपविजेता र समूह ‘बी’ को उपविजेता (राति ९ः४५ बजे–आम्स्टरडम)
३८) समूह ‘ए’ को विजेता र समूह ‘सी’ को उपविजेता (राति १२ः४५ बजे–लन्डन)

आइतबार २७ जुन

३९) समूह ‘सी’ को विजेता र समूह डी, ई र एफको तेस्रो हुने टोली (राति ९ः४५ बजे–बुडापेस्ट)
४०) समूह ‘बी’ को विजेता र समूह ए, डी, ई र एफको तेस्रो हुने टोली (राति १२ः४५ बजेरसेभिया)

सोमबार २८ जुन

४१) समूह ‘डी’ को उपविजेता र समूह ‘ई’ को उपविजेता (राति ९स्४५ बजे–कोपेनहेगन)
४२) समूह ‘एफ’को विजेता र समूह ए, बी र सीको तेस्रो हुने टोली (राति १२ः४५ बजे–बुकारेस्ट)

मंगलबार २९ जुन

४३) समूह ‘डी’ को विजेता र समूह ‘एफ’ को उपविजेता (राति ९ः४५ बजे–लन्डन)
४४) समूह ‘ई’ को विजेता र समूह ए, बी, सी र डीको तेस्रो हुने टोली (राति १२ः४५ बजे–ग्लास्गो)

शुक्रबार २ जुलाई (क्वाटरफाइनल)

४५) खेल नम्वर ४१ को विजेता र खेल नम्वर ४२ को विजेता (राति ९ः४५ बजे–सेन्ट पिटर्सवर्ग)
४६) खेल नम्वर ३९ को विजेता र खेल नम्वर ३७ को विजेता (राति १२ः४५ बजे–म्युनिख)

शनिबार ३ जुलाई

४७) खेल नम्वर ४३ को विजेता र खेल नम्वर ४४ को विजेता (राति ९स्४५ बजे–बाकु)
४८) खेल नम्वर ४० को विजेता र खेल नम्वर ३८ को विजेता (राति १२स्४५ बजे–रोम)

मंगलबार ६ जुलाई (सेमिफाइनल)

४९) खेल नम्वर ४६ को विजेता र खेल नम्वर ४५ को विजेता (राति १२ः४५ बजे लन्डन)
५०) खेल नम्वर ४८ को विजेता र खेल नम्वर ४७ को विजेता (राति १२ः४५ बजे लन्डन)

आइतबार ११ जुलाईः फाइनल

 

Facebook Comments

Leave A Reply

Your email address will not be published.