News of Nation

थप ५,२९३ ले जिते कोरोना, ३,७४९ नयाँ थपिए, ५९ जनाको मृत्यु

२६ जिल्लामा १० जनाभन्दा कम संक्रमित थपिए

काठमाडौं, २७ जेठ–नेपालमा पछिल्लो २४ घण्टामा थप ५,२९३ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भएका भएका छन् । यस अवधिमा नेपालमा ३,७४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१५ हजार २३८ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा जम्मा संक्रमित हुनेको संख्या ६ लाख एक हजार ६८७ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ७७ हजार ८५८ रहेको छ । आज ५९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार २३८ पुगेको छ ।

२६ जिल्लामा १० जनाभन्दा कम संक्रमित थपिए
पछिल्लो २४ घण्टामा उपत्यका बाहिर सबैभन्दा धेरै झापामा १९२ जना संक्रमित थपिएका छन् । त्यसैगरी सुनसरीमा १६६, मोरङमा १४३ र कास्कीमा ११२ जना संक्रमित थपिएका छन् । आज इलाम ओखलढुंगा, तेह्रथुम लगायतका २६ जिल्लामा थपिने संक्रमितको संख्या १० भन्दा कम रहेको छ ।

आज देशभर होम आइसोलेसनमा ७२ हजार १७८ जना, संस्थागत आइसोलेसनमा, ५ हजार ६८० जना आईसीयूमा१ हजार २६१ जना र भेन्टिलेटरमा ३८२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

Facebook Comments

Leave A Reply

Your email address will not be published.