News of Nation

बि एण्ड सी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन

बिर्तामोड, २८ जेठ–मेडिकल कलेज सञ्चालन गर्न मन्त्रालयबाट आसयपत्र स्वीकृत गराई भौतिक पूर्वाधारसमेत निर्माण पूरा गरी सम्बन्धनको पर्खाइमा रहेको यहाँस्थित बी एन्ड सी हस्पिटले सम्बन्धन पाएको छ ।

चिकित्सा शिक्षा आयोगले बी एन्ड सी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरलाई सम्बन्धन दिने सैद्धान्तिक सहमति गरेको हो । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आयोगको बैठकले ऐनको दफा १३ ९६० बमोजिम बि एण्ड सीलाई सम्बन्धन दिने सैद्धान्तिक सहमति भएको जनाइएको छ ।

बैठकले बी एन्ड सीलाई मेडिकल कलेज सञ्चालनका लागि काठमाडौं विश्व विद्यालयबाट सम्बन्धन दिने निर्णय गरेको हो । सो विश्वविद्यालयले बी एन्ड सीलाई मेडिकल कलेजको सम्बन्धन दिनका लागि आयोगमा सिफारिस दिएको थियो ।

आयोगको बैठकको अध्यक्षता प्रधानमन्त्री केपी ओलीले गरेका थिए । उनी आयोगको अध्यक्ष हुन् । यद्यपी सम्बन्धनको औपचारिक निर्णय सार्वजनिक हुन बाँकी नै छ ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका अभियन्ता डा.गोविन्द केसीले बी एन्ड सीलाई सम्बन्धन दिने सरकारको तयारीको निरन्तर विरोध गरिहेका छन् । यदि यस्तो निर्णय भएको भए फेरि अनसन बस्ने उनको चेतावनी छ ।

करोडौं रुपैयाँ खर्च गरेर धाइजनमा बनाइएको भौतिक संरचना वर्षौंदेखि उपयोग बिहीन बनेको अवस्थामा मेडिकल कलेज सञ्चालन गर्न सम्बन्धन पाएको खबरले अस्पताल परिवारले खुशी व्यक्त गरेको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.