News of Nation

झापामा एकै दिन १४ सय ७ जनाले कोरोना जिते

विर्तामोड, २८ जेठ–झापामा आज १२६ जना नयाँ संक्रमित थपिएका छन् थपिदा १४ सय ७ जना निको भएर डिस्चार्ज भएका छन् । उनीहरु जिल्लाका विभिन्न अस्पतालमा उपचाररत उनीहरु निको भएर घर फर्किएका स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

थपिएका कोरोना संक्रमित मध्ये सबैभन्दा धेरै विर्तामोड १७ र हल्दिवारीमा १५ जनामा कोरोना पुष्टि भएको हो । यता, पाँच जना संक्रमितले ज्यान गुमाएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार सक्रिय संक्रमितको संख्या २६ सय ८२ मा झरेको छ ।

 

Facebook Comments

Leave A Reply

Your email address will not be published.