News of Nation

अष्ट्रेलियासँग नेपाल पराजित

काठमाडौं, २९ जेठ–फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाल अष्ट्रेलियासँग ३–० गोलले पराजित भएको हो । पहिलो हाफमा २–० गोलले पछि रहेको नेपालले दोस्रो हाफमा एक गोल खाएको हो ।

नेपाली टोली पहिलो हाफमा १० खेलाडीमा समेटिएको थियो । नेपालका खेलाडी रोहित चन्द रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । खेलको ४६ औँ मिनेटमा रोहितले रातो कार्ड पाएका थिए ।

योसँगै विश्वकप छनोटको दोस्रो चरणको खेलमा नेपालले अन्तिम खेमला पराजयको नतिजा निकाल्दै आफ्नो यात्रा समाप्त गरेको छ ।

 

Facebook Comments

Leave A Reply

Your email address will not be published.