News of Nation

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं, ७ असार–नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सयले बढेको हो।

सोमबार छापावाला सुन प्रतितोला ९० हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

आइतबार छापावाला सुन प्रतितोला ९० हजार र तेजाबी सुन प्रतितोला ८९ हजार ५५० रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ। आज चाँदी १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.