News of Nation

ब्राजिलको घरेलु मैदानमै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

एजेन्सी, २७ असार–ब्राजिलका लाखौं समर्थकहरुलाइ निरास बनाउँदै अर्जेन्टिनाले यस बर्षको कोपा अमेरिका कप फुटबलको उपाधि जितेको छ । आज बिहान भएको फाइनलमा आयोजक ब्राजिललाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो ।

माराकाना स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन एन्जल डी मारिया नायक बने । खेलको २२ औं मिनेटमा डी मारियाले गरेको गोल नै अर्जेन्टिनालाई उपाधि दिलाउन पर्याप्त भयो । उनले रोड्रिगोको पासमा उत्कृष्ट शानदार गोल गरेका थिए ।

बल पोजिसनमा पकड जमाएपनि आँफूले पाएका अबसरलाई सदुपयोग गर्न नसक्दा ब्राजिलले घरेलु मैदानमा हार ब्यहोर्नु पर्यो । यससँगै अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले आफ्नो देशका लागि पहिलो अन्तराष्ट्रिय उपाधि दिलाउन सफल भएका छन् ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.