News of Nation

सन्दीपले ‘दी हन्ड्रेड’ गुमाउने

काठमाडौं, ५ साउन–नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले भिसाको समस्याका कारण ‘दी हन्ड्रेड’ गुमाउने भएका छन् ।

इंग्ल्यान्डमा आयोजना हुने ‘दी हन्ड्रेड’ क्रिकेट प्रतियोगिताका लागि भिसाको समस्या हुँदा उनले पुरै प्रतियोगिता गुमाउने भएका हुन् ।

सन्दीपले टिएर ५ भिसा पाए पनि प्रतियोगिता खेलको लागि अनुमति नपाएकाले उनी प्रतियोगिताबाट बाहिरिएका हुन् ।

१०० बलको हुने प्रतियोगिता बिहीबारबाट सुरु हुने तालिका छ । भिसाकै कारण सन्दीपले यसअघि भाइटालिटी टी–ट्वान्टी ब्लास्ट क्रिकेट गुमाएका थिए ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.