News of Nation

कांग्रेस नेता अमरेशकुमारले सांसद पदबाट राजीनामा दिए

काठमाडौं, ६ साउन–नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन् । बुधबार सिंहले प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका हुन् ।

पार्टीभित्रको विवादका कारण उनले राजीनामा दिएका हुन् ।

राजीनामा पत्रमा उनले उपसभापति विमलेन्द्र निधिको काम र व्यवहारप्रति असन्तुष्टि जनाएका छन् ।

ूमहाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको कियाशील सदस्यता वितरण, समायोजन र नवीकरणका कममा पार्टीभित्र उत्पन्न अवान्छित, अस्वाभाविक र भद्दा प्रवृत्तिले नेपाली काङ्ग्रेस चुस्त र गतिशील बन्ने मार्गमा अवरोध पैदा गरेको छ ।

खासगरी प्रदेश नं २ मा उपसभापति विमलेन्द्र निधिले अवलम्बन गर्नुभएको नीति र व्यवहारले चिन्ताजनक स्थिति उत्पन्न गराएको छ ।

दुई दशकदेखि प्रदेशमा काङ्ग्रेसको एकछत्र नेताका रूपमा निधिको उपस्थिति रहनु र यही दुई दशकभित्र काङ्ग्रेसको प्रभाव तथा हैसियत हासोन्मुख हुनुलाई संयोग मात्र मान्न सकिँदैन,’ सिंहको राजीनामापत्रमा भनिएको छ ।

सिंह सर्लाही निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित भएका हुन् ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.