News of Nation

राष्ट्रपति बाइडेनद्वारा ट्रम्प र दंगावाजको आलोचना

अमेरिका, २३ पुस–अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२१ को ६ जनवरीमा युएस क्यापिटलमा जवर्जस्ती प्रवेश गर्ने दंगावाजहरुले अमेरिका र अमेरिकी प्रजातन्त्रको घाँटीमा छुरा तेर्स्याएको प्रतिक्रिया दिएका छन् ।

उक्त घटनाको पहिलो वार्षिकीको अवसरमा टेलिभिजनमार्फत भाषण दिने क्रममा बाइडेनले भनेका छन्, “तिनीहरु सबै एकजना मानिसको सेवाका लागि आक्रोसित मुद्रामा त्यहाँ आएका थिए । तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पले झुठको श्रंखला फैलाइरहेकाले कंग्रेस भवनमाथि आक्रमण भएको हो ।”

उक्त दंगाफसादको सिलसिलामा अनुसन्धानकर्ताहरुले अहिले सम्म ७ सय २५ जना आशंकित व्यक्तिलाई गिरफतार गरिसकेको बीबीसीमा प्रकाशित समाचारमा उल्लेख छ ।

बाइडेनको टेलिभिजन भाषणलगत्तै ट्रम्पले बाइडेनलाई असफल व्यक्तिको संज्ञा दिँदै उनले पटक पटक चुनाव जितेको झुठो दावी गरेको आरोप लगाएका छन् ।

बिहीवार नै ट्रम्पले फ्लोरिडाको पाम बिचस्थित आफ्नो मर –ए –लागो रिसोर्ट होममा प्रतिस्पर्धात्मक पत्रकार सम्मेलन गर्ने योजना बनाएका थिए । तर उनका सहयोगीहरुले नकारात्मक प्रेस कभरेज हुनसक्ने चेतावनी दिएपछि उनले सो योजना रद्द गरेका थिए । बीबीसीबाट

Facebook Comments

Leave A Reply

Your email address will not be published.