News of Nation

टाउकोमाथि टाउको राखेर ५१ सेकेन्डमा १०० खुड्किला चढेर गिनिज बुकमा नाम

काठमाडौं, २७ पुस–भियतनामी दुई एक्रोब्याट दाजुभाइले एकआपसको टाउको जोडेर शारीरिक सन्तुलन मिलाउँदै एउटा स्पेनको चर्च बाहिरको भर्‍याङको १०० खुड्किला चढेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेका छन् ।

सर्कसमा काम गर्दै आएका दाजुभाइ ३७ वर्षीय गियांग क्युओक र ३२ वर्षीय गियांग क्युओक न्हिएप गिरानास्थित सेन्ट मेरिज चर्चको खुड्किला चढेर यसअघि यसैगरी खुडकिला चढेरे नै कायम गरिएको कीर्तिमान तोड्न सफल भएका हुन् ।

उनीहरूले त्यहाँ ९० खुडकिला मात्र भएकाले आयोजकहरूले आफ्ना प्रस्तुतिका लागि चर्चमा १० वटा खुडकिला थपेको बताएका छन् । पहिलाका खुडकिला भन्दा फरक पदार्थबाट बनाइएका ती थपिएका खुड्किलाको उचाइँ पनि फरक रहेको छ ।

गियांग क्युओकले भिएन एक्सप्रेसलाई बताएका छन्, ‘ती नयाँ बनाइएका सिँढीका खुडकिलामा हामीले अभ्यासै गर्नै पाएनौं । हामीले आफ्नै अनुभव प्रयोग गर्‍यौँ । श्वासप्रश्वास कार्यलाई स्थिर राख्दै हल्का गतिमा हामी फिनिस लाइनमा पुग्न सफल भयौं ।’ उनीहरूले यो काम केवल ५३ सेकेन्डमा पूरा गरेका थिए ।

सन् २०१६ मा उनीहरूले सोही चर्चको ९० वटा खुड्किला चढेर वर्ल्ड गिनिज रेकर्ड राखेका थिए । सन् २०१८ मा पेरुभियन एक्रोवेटद्वय पाब्लो नानातो पान्डुरो र जोयल याइकेट साभेड्राले ९१ खुडकिला चढेर उनीहरूको कीर्तिमान तोडेका थिए ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.