News of Nation

तिनजुरेको लालीगुँरास, गुफा पोखरी र हिउँसँगका प्रितहरु

'जता हेरे पनि हजुर पूर्वे रमाइलो.......!'

कस्मीक तय भएको यात्राले मलाई जुरुक्कै उठायो । लगभग बिहानीको ४ः३० भएको थियो । बाहिर हुस्से नलागे पनि चिसो सदा भन्दा निकै बढेको थियो । हाम्रो यात्रा झापा, मोरङ, सुनसरी, धनकुटा हुँदै तेह्रथुम, संखुवासभासम्मको थियो ।

केही पुराना साथै नयाँ भाइबहिनीहरुको साथमा थिए । यात्राको शुरुवात सोचे भन्दा अलि ढिलो हुन गयो । मेरा लागि यात्रा कठिन र चुनौतीपूर्ण थियो नै । मूलतः त्यो यात्राको उद्देश्य हिउ खेल्ने थियो । जुन मेरा लागि विपरीत पक्ष थियो ।

म चिसोदेखि सधै टाढा र विपरीत धारमा उभिने मान्छे । तर, यो पटक मलाई हिँउका ह्रासहरुसँग प्रित गास्न बाध्य बनायो । जुन कुरा मेरो परिकल्पना भन्दा बाहिरको थियो ।

‘झरनाले सागरलाई भेट्न आतुर भएझै हिउँलाई चुम्न आतुर थिए ती मनहरु, जुन मैले भाइबहिनीहरुको अनुहारमा प्रष्टै पढ्न सक्थे । गन्तव्य थियो, लिम्बूवानको उर्वर भूमि संखुवासभास्थित गुफा पोखरीसम्म ।’

झरनाले सागरलाई भेट्न आतुर भएझै हिउँलाई चुम्न आतुर थिए ती मनहरु, जुन मैले भाइबहिनीहरुको अनुहारमा प्रष्टै पढ्न सक्थे । गन्तव्य थियो, लिम्बूवानको उर्वर भूमि संखुवासभास्थित गुफा पोखरीसम्म ।

गुफा पोखरीले कहिल्यै छुट्न नसक्ने गरी प्रिती गोसेको तेह्रथुम पारी मुस्कुराई रहेको ताप्लेजुङ्ग मैले अरुभन्दा बिस्तारै गुडाइरहेको थिए । मेरो थोत्रो भटभटे । यो नै मेरो पहिलो गुफा पोखरीको यात्रा थियो । मैले सोच्दै थिए हिँउ वास्तवमै कस्तो हुन्छ होला कति चिसो हुँदो हो, मलाई त झनै गाह्रो बनाउँछ होला ।

मैले झट्ट सम्झे–’आमाले भन्नु भएको कुरा हिउ खेल्ने वित्तिकै आगो ताप्नु हुँदैन है हातखुट्टा चुडिएर झर्ला नि ।’ मलाई डर लाग्यो । बिर्सीएर आगो तापि हाले भने त !

मैले झट्ट सम्झे–’आमाले भन्नु भएको कुरा हिउ खेल्ने वित्तिकै आगो ताप्नु हुँदैन है हातखुट्टा चुडिएर झर्ला नि ।’ मलाई डर लाग्यो । बिर्सीएर आगो तापि हाले भने त ! भेडेटार हुँदै तमोर काटेर धनकुटाका घुमाउरा बाटाहरु उक्लिदै थियौं । घामले त्यो दिनलाई विदा माग्न खोज्दै थियो । हामी हतारमा थियौ ।

किरातीहरुको पहिचान हिलेको तोङ्बालाई देब्रेपटिबाट मोड्दै हामी सिधुवा पुग्यौ । केही साथीहरु अघि बढि सकेकोले गर्दा म लगायत केही भाइबहिनीहरुले त्यहाँ चियाको चुस्की लियौ र पुःन गन्तव्यतिर हुइकीयौं । बसन्तपुरमा लालीगुँरासको प्रतीमाले हामीलाई मुस्कुराएर स्वागत गर्दै थियो । साँझ पर्न लागेको थियो ।

हामीले कालोपत्रे सडकलाई छोडेर कच्ची बाटोतर्फ भटभटेलाई मोड्यौ । तिनजुरेका ठूला ठूला लालीगुँरासको बोटहरुले स्वागत गरीरहेको थियो । मैले राम्ररी हेरे, केही चिल्ला भिराला चौरहरु ठूला ठूला ढुङ्गाका भित्ताहरु सोचेको थिइन मैले गुँरासका पनि त्यति ठूला रुखहरु हुन्छन् भनेर । त्यसै भनिएका होइन रहेछन् तिनजुरेलाई लालीगुँरासको राजधानी भनेर । साच्चै कति ठूलो जङ्गल गुँरासहरुको जहाँ ३२ जाति मध्ये २८ जातीको गुँरासहरु पाइदो रहेछ ।

हिऊ जमेर सिसा जस्तै बनेको थियो । केही साथीहरु त्यहिबाट फर्किदै थियो । रात प¥यो के गर्ने । अब मलाई छोडि सकेको थियो, साथिहरुले । रात झमक्कै परेर अन्धकार थियो । म आफ्नो गन्तव्यतिर लम्के परपर हेर्दा लाग्यो ती बत्तीहरुको झिलिमिली होईन आकाशबाट धर्तीमा ओर्लिएका ताराहरु जस्तो चमचमाइरहेको थियो ।

तिनजुरेको लालीगुँरासको सुन्दर पाटाहरुलाई मोड्दै हामीले छोड्नै लाग्दा बाटोमा हिँउका धब्बाहरु देख्न थाल्यौ । जतिबेला अध्याँरो भइसकेको थियो । हुँदाहुँदै बाटो एकदमै चिप्लो हुन थाल्यो । जहाँ हिऊ जमेर सिसा जस्तै बनेको थियो ।

केही साथीहरु त्यहिबाट फर्किदै थियो । रात प¥यो के गर्ने । अब मलाई छोडि सकेको थियो, साथिहरुले । रात झमक्कै परेर अन्धकार थियो । म आफ्नो गन्तव्यतिर लम्के परपर हेर्दा लाग्यो ती बत्तीहरुको झिलिमिली होईन आकाशबाट धर्तीमा ओर्लिएका ताराहरु जस्तो चमचमाइरहेको थियो ।

हामीलाई निकै सकस भयो । बाटो कठिन थियो । मैले निकै पल्ट भटभटे लडाए चिसोले स्टार्ट हुनु सकिरहेको थिएन । जोखीम मोलिरहेको थियौ । यस्तो चुनौतिपूर्ण यात्रा मेरो लागि एउटा अवसर बनिरहेको थियो । हामीले बल्लबल्ल त्यो हिँउको बाटो पार गरेर अघि बढ्यौ । गाउँहरु कतै कतै मात्र भेटिन्थ्यो निकै माथि पुगेर रोकेपछि फर्केर हेर जुन पूर्ण गोलाकार हुन लागेको थिएछ । हिउँका ह्रासहरु टलक्क टल्कीदा मनै लोभ्याउने गरि सुन्दर युवती मुस्कुराइ रहेको जस्तो । लाग्यो, यात्रा निरन्तर जारी नै थियो ।

रात निकै चिसो थियो । मौसमले दिएको चुनौतीलाई प्रतिस्पर्धा गर्दै सागर जी र मैले चै खुकुरी रम खोल्यौ र पिउदै गीत गाउन थाल्यौ-“जता हेरे पनि हजुर पुर्बै रमाइलो……..!”

लगभग हामी ८ः३० बजेतिर मंंगलबारे पुग्यौ र त्यही बस्ने बन्दोबस्त ग¥यौ । रात निकै चिसो थियो । मौसमले दिएको चुनौतीलाई प्रतिस्पर्धा गर्दै सागर जी र मैले चै खुकुरी रम खोल्यौ र पिउदै गीत गाउन थाल्यौ………“जता हेरे पनि हजुर पुर्बै रमाइलो……..” सबैले साथ दिइरहेको थियो । प्रिय बहिनी सुमिले साथै अरुले पनि ।

हामी बास बसेको ठाउँ लगभग २६३६ मिटरको उचाइमा थियो । मध्यरात तिर चिसोले निकै सतायो । मलाई डर पनि लाग्यो । ती सबै चिसो रातहरुलाई पार गर्दै बिहानीको झुल्के घामलाई चुम्बन गर्न पाइयो घाम उदाएर पारिपट्टि देखीने सुन्दर हिमाल खुसि भएर मुस्कुराइ रहेको थियो ।

त्यसपछि हामीले गुफा पोखरीको यात्रा तय गर्नै लाग्दा मेरो भटभटेमा समस्या देखा पर्यो । त्यसपछि म सागर जी सँग बसे र हामी गन्तव्य तर्फ हुँइकियौं । म त्यतिबेला मस्तिष्क भन्दा पनि हृदयले संवाद गरिरहेको थिए ।

ति ठूलाठूला पहाडहरु फराकिला भिराला मैदानहरु तल तल देखीने चौरी गोठहरु ठूलाठूला गुँरासका बोटहरु अनि त्यहाँ भित्र मौन भएर बसेका ती हिउका केही अवशेषहरु म कल्पना गर्दै थिए । ती सबै एक आपसमा ठोक्कीएर निस्किएका गुन्जयमान संगीतहरुको मीठो सुरीलो धुन मेरो हृदयले महशुस गरिरहेको थियो ।

साँच्चै प्रकृति कति सुन्दर मनोरम हुँदोरहेछ । यो २१ औं शताब्दीका मान्छेहरुको कोलाहालपूर्ण पट्यार लाग्दा आवाजहरु मिथ्या वर्णनहरु भन्दा प्रकृति कति शान्त र मौन छ । उ भित्र हजारौ गुणयुक्त सुन्दरताले भरिए पनि कहिल्यै आफ्नो वर्णन आफै गर्न जानेन वसः अनेकौ चोटहरु सहेर पनि स्मिथ मुस्कानमा मलाई मन्त्रमुग्ध बनाईरहेको थियो, त्यति बेला हामी गुफा पोखरी क्षेत्र पुग्यौ ।

साँच्चै प्रकृति कति सुन्दर मनोरम हुँदोरहेछ । यो २१ औं शताब्दीका मान्छेहरुको कोलाहालपूर्ण पट्यार लाग्दा आवाजहरु मिथ्या वर्णनहरु भन्दा प्रकृति कति शान्त र मौन छ । उ भित्र हजारौ गुणयुक्त सुन्दरताले भरिए पनि कहिल्यै आफ्नो वर्णन आफै गर्न जानेन वसः अनेकौ चोटहरु सहेर पनि स्मिथ मुस्कानमा मलाई मन्त्रमुग्ध बनाईरहेको थियो, त्यति बेला हामी गुफा पोखरी क्षेत्र पुग्यौ ।

बाटोको छेउमा सानो पोखरी थियो । त्यस माथि कसैले सिसा विछ्याइ दिएर परबाट ढुङ्गाले प्याट्ट हाने जस्तै गरी चिरा–चिरा परेको थियो । डाँडा, थुम्काहरुलाई हिँउले झपक्कै ढाकेको थियो । बेहुलीलाई घुम्टोले छोपे झै आहा कति लजाएकी बेहुली झै प्रकृतिले श्रृङगारीएकी ती थुम्काहरु, गुँरासका डाँडाहरु हामी त्यही रोकिएर हिँउसँग खेल्न थाल्यौ ।

वर्षौदेखिका कुण्ठित भावनाहरु पोख्न थाल्यौ एक आपसमा मनहरु साटासाट गर्न थाल्यौ । हामी सबै हिँउका भुँवाहरुले हानाहान गर्न थाल्यौ । मलाई लाग्दै थियो, त्यतिबेला ती मोती झै दानाहरुले हामीलाई संसार भुलाएर ऊ भित्रै हराइदिएको थियो । मनभित्रका सबै सबै पिडाहरु भुलाइ दिएको थियो ।

ती हिँउका ह्रासहरु माथि हामी एउटा अबोध बालक झै मनपरी गरीरहेका थियौ । घरी सुत्दै, लड्दै, हिँउका ढिस्काहरु भत्काउँदै । आफै आफै भित्र हराउँदै आफू अनुकुल बनाउँदै थियौ । त्यो समय म सबैको मनभित्र पसेर हृदयलाई अध्येता भएर पढिरहेको थिएँ । यो प्रकृतिको उपहार पनि कति विचित्रको हुँदो रहेछ है ।

ती हिँउका ह्रासहरु माथि हामी एउटा अबोध बालक झै मनपरी गरीरहेका थियौ । घरी सुत्दै, लड्दै, हिँउका ढिस्काहरु भत्काउँदै । आफै आफै भित्र हराउँदै आफू अनुकुल बनाउँदै थियौ । त्यो समय म सबैको मनभित्र पसेर हृदयलाई अध्येता भएर पढिरहेको थिएँ । यो प्रकृतिको उपहार पनि कति विचित्रको हुँदो रहेछ है । आफै भित्र प्रश्न चिन्ह खडा गर्दै थिए । त्यति बेलासम्म हामी सबैको हिँउले भिजेर कपडाहरु चिसो भइसकेको थियो ।

हिऊका ढिस्काहरु कोट्याउदा मेरा हातमा लगाएको कपडाको पञ्जा च्यातिसकेको थियो । निकै समय हामीले हिऊका मोती झै दानाहरुलाई तहसनहस पारिसके पछि सामुहिक तस्वीर लिदै फेरी समय मिलाएर भेट्ने बाचाका साथ एउटा प्रेमीले प्रेमीकाले छाडेर हिडे झै मनलाई भारी बनाएर विदा माग्यौ । म धेरै वर आएर ढुङ्गा माथि बसेर छाडेका ठाउँलाई पछि फर्केर हेरे । ती हिउका सेता सुन्दर तहमाथि एउटी सुन्दर युवतीले विदाइका हात हल्लाएर फेरी आउने निम्तो दिइरहेको जस्तो लाग्यो ।

बाहिर हिउका भुँवाहरु खस्न थाल्यो । चिसो बढ्यो, मौसमले चुनौती दिए झै लाग्यो र मैले सागरजीलाई सोधे “हामी १० को पिउँ” । उसले सहमती जनायो र हामीले स्थानीय ब्राण्डलाई प्रोत्साहन गर्दै १० को थपिउ र केही हरफ कविताको माध्यमबाट शेर्पेनिको बैशालु छोरीलाई व्यन्जनाको माध्यमबाट झिस्कायौ ।

एक्कासी टाउको दुःखेर शरीर चिसो भएको महशुस गरे । भोकले पनि शरिरलाई निकै सताइरहेको थियो । त्यसपछि हामी गुफापोखरीतर्फ बढ्यौ । केही समयमा हामी गुफा पोखरी पुगी याक होटलमा खाना खान पस्यौ । बाहिर हिउका भुँवाहरु खस्न थाल्यो । चिसो बढ्यो, मौसमले चुनौती दिए झै लाग्यो र मैले सागरजीलाई सोधे “हामी १० को पिउँ” । उसले सहमती जनायो र हामीले स्थानीय ब्राण्डलाई प्रोत्साहन गर्दै १० को थपिउ र केही हरफ कविताको माध्यमबाट शेर्पेनिको बैशालु छोरीलाई व्यन्जनाको माध्यमबाट झिस्कायौ ।

खाना तयार भयो । जिवनमै पहिलो पटक चौरीको सिकुटी खाने अवसर सागर जी । प्रियभाई आशिस र मलाई झण्डै गोरुको जस्तै हुदोरहेछ । मैले भने–सबैले सहमती जनायो । त्यसपछि हामी पुनः फर्केर आफ्नो थलो फर्कीयौ । फेरी आउने बाचाका साथ मलाई मनभित्र अल्झि रह्यो भुसुक्कै बिर्सीएछ ।

मैले सोध्न बिर्सिएछु गुफापोखरी नाम कसरी रहन पुग्यो होला । त्यो बाँकी नै रह्यो अर्को पल्ट अन्वेशक भएर आउँला फेरी चौरीको सिकुटी र शेर्पेनीको रातो गालाले पनि हृदयमा ठाउँ बसाइसकेकै थियो । आखिर…….!

Facebook Comments

Leave A Reply

Your email address will not be published.