News of Nation

मनोज प्रभाकर राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौँ, २३ साउन–राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले ट्वीट गर्दै यो जानकारी दिएको हो ।

भारतीय क्रिकेट टिमका पूर्वअलराउन्डर प्रभाकरले प्रशिक्षककै रूपमा रणजी ट्रफी पनि जिताएका छन् । साथै उनीसँग भारतको विभिन्न क्लब र अफगानिस्तानी राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक भएर काम गरेको अनुभव पनि छ ।

पुबुदु दासानायकेले नेपाली टोली छाडेर क्यानडा गएपछि नेपालले नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.