News of Nation

भुवन केसीविरुद्ध मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, ३० साउन–चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीविरुको मुद्दाको आज (सोमबार) सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा मुद्दाको पेशी तोकिएको छ । चलचित्र विकास बोर्डको अध्यक्ष बन्न अयोग्य भएको भन्दै २६ साउन ९बिहीबार० केसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो ।

नरेश कुमार पौडेलसहित पाँच जनाले केसीलाई नियुक्ति गर्ने सरकारको निणर्य खारेजको माग गर्दै रिट दायर गरेका हुन् । गत साउन ९ गते बसेको मन्त्रिपरिषद बैठकले केसीलाई बोर्डको अध्यक्ष नियुक्त गर्ने निणर्य गरेको थियो ।

विकास बोर्डको अध्यक्ष हुनलाई स्नातक उत्तीर्ण हुनुपर्ने प्रावधान भए पनि केसीले प्रमाण पत्र तह मात्रै उत्तीर्ण गरेको रिटमा दावी गरिएको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.