News of Nation

बायर्नसँग बार्सिलोना पराजित

काठमाडौँ, २९ भदौ–युइएफए च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनामाथि जर्मन क्लब बायर्न म्युनिखले २(० को सहज जित दर्ता गरेको छ। बायर्नको यो बार्सिलोनामाथी लगातार पाँचौ खेलमा जित हो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा बायर्नले दोस्रो हाफमा २ गोल गरेको थियो।

एलिएन्ज एरिनामा घरेलु दर्शकसामू म्युनिखले ५०औं मिनेटमा लुकास हर्नान्डेजको गोलबाट अग्रता बनाएको थियो। योसुवा किम्मिखको पासलाई सदुपयोग गर्दा म्युनिख सुरुवाती अग्रता बनाउन सफल भएको थियो। ५४ औ मिनेटमा लिरोए सानेले टिमको अग्रता दोब्बर बनाउँदा बार्सिलोना खेलमा फर्किने सभावना कमजोर बनेको थियो।

जितसँगै बायर्नले बार्सिलोनामाथि २०१५ यताको दबदबा कायम राख्यो। बार्सिलोनाले बायर्नकै पुर्व फरवार्ड रोबर्ट लेवान्डोस्कीलाई मैदानमा उतारेपनि नतिजा आफ्नो पक्षमा पार्न सकेन। लेवान्डोस्कीले केहि राम्रा गोलका मौका पाएपनि गोल गर्न असफल रह्यो।

जितसँगै समूह ‘सी’ मा दुई खेलबाट ६ अंक जोडेर बायर्न शीर्षस्थानमा रहेको छ। पराजित बायर्न ३ अंक जोडेर दोस्रो स्थानमा छ।

समूहकै अर्को खेलमा इटालियन इन्टर मिलानले पहिलो जित निकाल्यो। उसले चेक क्लब भिक्टोरिया प्लेजेनलाई २(० ले पराजित गरेको थियो। इन्टरको जितमा इडेन जेको र डेन्जेल डमफ्रेजले गोल गरे। जितसँगै इन्टर दुई खेलबाट एक जितसहित ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। समान ३ अंक नै रहेपनि बार्सिलोना दोस्रो स्थानमा छ। पराजित भिक्टोरिया अंकविहीन छ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.