News of Nation

लेस्टरमाथि टोटेनह्यामको प्रभावशाली जीतः सन ह्युङ मिनको ह्याट्रिक

झापा, २ असोज–इंग्लिस प्रिमियर लिगमा टोटेनह्याम हट्सपुरले आफ्नो अपराजित यात्रा जारी राखेको छ। शनिबार राति सम्पन्न खेलमा टोटेनह्यामले लेस्टर सिटीलाई ६–२ ले पराजित गर्दै लिगको अंक तालिकामा दोस्रो स्थानमा उक्लियो।

टोटेनह्यमको जितमा दक्षिण कोरियन स्ट्राइकर सन ह्युङ मिनले ह्याट्रिक पूरा गरे। खेलमा अग्रता भने लेस्टर सिटीले यौरी टाइलेम्नसको गोलबाट छैटौँ मिनेटमा लिएको थियो। तर टोटेनह्यामले ८ मिनेटमा ह्यारी केनको गोलमार्फत खेललाई बराबरीमा ल्याए।

२१ औँ मिनेटमा टोटेनह्यमलाई एरिक डायरको गोलमार्फत खेलमा अग्रता लियो। तर पहिलो हाफमा लेस्टरलाई बराबरीमा फर्काउने क्रममा ४१ औँ मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै पहिलो हाफ २–२ को अवस्थामा ल्याएका थिए।

तर दोस्रो हाफमा भने टोटेनह्यामले लगातार गोल गरेको थियो। रोड्रिगो बेन्टाकुरले ४७ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाउँदा बाँकी तीन गोल भने सनका नाममा रह्यो।

उनले आफ्नो ह्याट्रिक १३ मिनेट भित्र पुरा गरेका थिए। सब्सटिच्युट खेलाडीको रुपमा मैदान छिरेका सनले ७३ औ मिनेटमा पहिलो गोल गर्दा ८४ औँ मिनेटमा दोस्रो र ८६ औं मिनेटमा ह्याट्रिक पूरा गरे। उनी टोटेनह्यामका लागि सब्सटिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेर ह्याट्रिक गर्ने पहिलो खेलाडी बने।

जितपछि टोटेनह्यामले सात खेलबाट पाँच जित र दुई बराबरीसँगै १७ अंकका साथ दोस्रो स्थानमा रहेको छ। समान अंक भए पनि सिटी गोल अन्तरमा अघि रहँदै शीर्ष स्थानमा छ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.