News of Nation

झापा क्षेत्र नं १ मा शर्मा र तामाङद्धारा मतदाताहरुलाई धन्यवादसहित वृहत र्‍याली

मेचीनगर, ८ मंसिर–झापा क्षेत्र नं १ बाट प्रतिनिधि सभामा निर्वाचित विश्वप्रकाश शर्मा तथा प्रदेश सभा १ बाट निर्वाचित गोपाल तामांगको संयुक्त धन्यवाद र्‍याली बिहीबार सम्पन्न भएको छ ।

मेचीनगर-७ इटाभट्टाबाट सुरु भएको धन्यवाद र्‍यालीले पुण्य चोक, दोकान डाँडा, बडाखाल, भृकुटी, बौद्धमोड, गाडागल्ली, मेचे डाँगी, बाहुनडाँगी बजार, माता चौक, नक्कलबन्दा चोक, सालघारी, भट्टराई चोक, हनुमान मन्दिर, खानेपानी, ६ नं बगान, सतिघट्टा, गोमनसरी, मदनवस्ती हुँदै निन्दावारीको क्षेत्र परिक्रमा गरेको थियो ।

सो अवसरमा निर्वाचित हुने शर्मा तथा तामांगले आम मतदाताबाट खदा, फूलमाला, अविर तथा मायाका चिनो ग्रहण गर्दै हार्दिक आभार प्रकट गरेका थिए । उनीहरुले आफूलाई विश्वास गरेर दिएको अमूल्य मतको सँधै सम्मान गर्दै अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

गत ४ गते सम्पन्न निर्वाचनमा शर्माले ३९ हजार ६२४ मत प्राप्त गरेका थिए भने प्रदेश सभामा निर्वाचित तामांगले २३ हजार ४५ मत प्राप्त गरेका थिए ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.