News of Nation

मेचीनगर नगरपालिकामा नयाँ बारूण यन्त्र आइपुग्यो

दमक, ८ मसिर–झापाको मेचीनगर नगरपालिकाले नयाँ बारूण यन्त्र (दमकल) खरिद गरेको छ । आगलागीबाट हुने क्षति न्यूनीकरण गर्नका लागि नगरपालिकाले नयाँ दमकल खरिद गरेको नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए ।

‘बिगतमा एउटा मात्रै दमकल हुँदा नगरमा आगलागीबाट ठूलो क्षति ब्यहोर्नु परेको थियो’ नगर प्रमुख बुढाथोकीले भने, ‘त्यसलाई न्यूनीकरण गर्नका लागि मेचीनगरमा नयाँ दमकल खरिद गरिएको हो ।’

नगरको बजेटबाट ५९ लाख ७७ हजार ७०० रुपैयाँमा म्याप इन्टरक्लिनर्स प्रालि काठमाडौंबाट ३५०० लिटर पानी र ५०० फोम क्षमताको नयाँ दमकल खरिद गरिएको आर्थिक प्रशासन शाखा प्रमुख पदमबहादुर कार्कीले जानकारी दिए ।

योसंगै अब मेचीनगरमा दुईवटा दमकल भएको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.