एजेन्सी, २० साउन–विश्व फुटबलमा धेरै खेलाडीको चाहना विश्वकप फुटबलको उपाधि जित्नु हो । त्यस्तै क्लब करियरमा खेलाडीहरुले च्याम्पियन्सलगायत लिग जित्ने योजना बनाएका हुन्छन् । हुन त खेलाडीका लागि आफ्नो फुटबल करियरमा सबैभन्दा ठूलो भनेको उपाधि नै हो ।
विश्व फुटबलमा पनि यस्तो प्रकारका खेलाडीहरु छन् जसले आफ्नो करियरमा विश्वकप फुटबल, च्याम्पियन्स लिग र प्रिमियर लिगको उपाधि जित्न सफल भएका छन् । आज हामी विश्व फुटबलमा विश्वकप, च्याम्पियन्स लिग, प्रिमियर लिग जित्न सफल भएका खेलाडीको चर्चा गर्नेछौं ।
स्पेनिस स्टार खेलाडी जेरार्ड पिके विश्व फुटबलमा उत्कृष्ट खेलाडीको सूचीमा छन् । उनले आर्सनलका लागि प्रिमियर लिग फुटबल जित्न सफल भए । त्यस्तै उनले स्पेनिस क्लब बार्सिलोनाका लागि च्याम्पियन्स लिग फुटबलको उपाधि जित्दा विश्वकप फुटबलको उपाधि सन् २०१० मा जित्न सफल भएका थिए ।
यस्तै थेएरी हेनरीले पनि तीन उपाधि आफ्नो फुटबल जीवनमा जित्न सफल भएका थिए । उनले आर्सलनका लागि प्रिमियर लिगको उपाधि जित्न सफल भएका थिए भने बार्सिलोनाका लागि च्याम्पियन्स लिगको उपाधि जिते । उनले सन् १९९८ मा फ्रान्सका लागि विश्वकपको उपाधि जिते ।
फ्रान्सेली गोलरक्षक फाविने विश्व फुटबलमा उत्कृष्ट गोलरक्षकको सूचीमा पर्छन् । उनले सन् १९९८ मा फ्रान्सका लागि विश्वकप फुटबलको उपाधि जितेका थिए । उनले सन् १९९२ मा मार्सेलेका लागि च्याम्पियन्स लिगको उपाधि जिते । उनले युनाइटेडका लागि पनि प्रिमियर लिग जिताउन सफल भएका थिए ।
चेल्सीका स्टार खेलाडी पेड्रो पछिल्लो समय उत्कृष्ट खेलाडीको सूचीमा पर्छन् । उनले चेल्सीका लागि धेरै खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । सन् २०१० मा स्पेनका लागि विश्वकप फुटबलको उपाधि जिताएका पेड्रोले बार्सिलोनाका लागि च्याम्पियन्स लिगको उपाधि जिताए भने चेल्सीका लागि प्रिमियर लिगको उपाधि जिताउन सफल भएका थिए ।
जुलियनो बेलेटी बार्सिलोना र चेल्सीका स्टार खेलाडी हुन् । उनले आफ्नो खेल जीवनमा धेरै सफलता हात पारेका थिए । बार्सिलोनाका लागि सन् २००४ मा घरेलु लिग उपाधि जिताएका उनले दोस्रो सिजन च्याम्पियन्स लिगको उपाधि जिताए । उनले चेल्सीका लागि २००९-१० मा प्रिमियर लिगको उपाधि जिताए भने २००२ मा ब्राजिलका लागि विश्वकप फुटबलको उपाधि जिताए ।
