दुधे, २० साउन–झापाको शिबसताक्षी–११ दुधेस्थित दुधे आयुर्वेद औषधालयमा ल्याव सेवा सुरु भएको छ ।
दक्षीण ईलामका माई नगरपालिका र चुलाचुली गाँउपालिकाका, शिवसताक्षी नगरपालिका, कमल गाँउपालिकाका र कनकाई नगरपालिकाका केहि वडाका बिरामीलाई दुधेमा प्रयोगशाला सुरु भएपछि सहज भएको हुने भएको हो । कविराज राजेन्द्र पोख्रेलका अनुसार दैनिक ५० विरामी उपचारका लागि दुधे आयुर्वेद औषधालयमा आउने गरेका छन् ।
नगरबासीलाई प्रभावकारी सेवा दिन शिवसताक्षी नगरपालिकाले प्राविधिक जनशक्ति उपलब्ध गराएपछि औषधालयमा प्रयोगशालाको आईतबार प्रदेश सांसद झलकवहादुर दर्लामी मगर र शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार सेर्माले संयुक्त रुपमा उद्धघाटन गरेका थिए ।
दुधेमा जिल्ला आयुर्वेद औषधालय थियो । सदरमुकाम चन्द्रगढीमा जिल्ला आयुर्वेद औषधालय सरेपछि दुधे साखाको रुपमा स्थापित भएको कविराज पोख्रेलले बताए ।
गएको असार १० गतेदेखि नै दुधे आयुर्वेद औषधालयमा ल्याब सेवा सुरु गर्ने शिवसताक्षी नगरले निर्णय गरेको थियो । १ नम्बर प्रदेश सरकारले आवश्यक उपकरण उपलब्ध गराएपनि दक्ष प्राविधिक दुधे आयुर्वेद औषधालयमा नहुँदा ल्याब सेवा सञ्चालनमा आउन सकेको थिएन । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गीता कुमारी राई, लगायतको सहभागीता थियो ।
यसैबिच प्रदेश सांसद झलकवहादुर दर्लामी मगरले प्रदेश सरकारले १ वर्ष अघि प्राथमिक स्वास्थ्य केन्द्रलाई दिएको भिडियो एक्रे मेसिन प्राविधिक नहुँदा थन्किएको भन्दै नगरको ध्यानाकर्षण गराएका थिए ।
