मोरङ, २० साउन–समुदाय स्तरमा कोरोना भाइरसको जोखिम देखिएपछि मोरङको रतुवामाई नगरपालिकाले दश दिनका लागि शिल गर्ने भएको छ। नगरपालिका प्रमुख रबिन राईले मंगलबार एक विज्ञप्तिमा जारी गर्दै कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै सम्पूर्ण नगरपालिका क्षेत्र दश दिनलाई पूर्ण रुपमा शिल गर्ने निर्णय गरेको जनाएको छ।

यसका साथै मंगलबार राति १२ बजेदेखि नै लागू हुने गरी स्वास्थ्य सेवा बाहेक नगरपालिकाको कार्यालय, वडा कार्यालयहरु लगायत नगरभरका सम्पूर्ण कार्यालयहरु, संघ सस्थाहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख राईले विज्ञप्तिमार्फत उल्लेख गरेका छन्।

यस्तै नगर क्षेत्रभित्र एम्बुलेन्स बाहेकका सम्पूर्ण यातायातका साधनहरु समेत बन्द गरिने भएको छ भने अत्यावश्यक कामबाहेक सामान्य हिडडुल समेतमा कडाइ गरिने भएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *